
२७ वैशाख २०७९, मङ्गलबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शेयर गर्नुहोस:
२७ वैशाख २०७९, मङ्गलबार
३ वर्ष पहिले
कपिलवस्तु, वैशाख २७ गते । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवारको मृत्यु भएको छ । नगरपालिकाका पूर्व उपमेयर तथा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएकी शुभावती कुर्मीको सोमबार राती निधन भएको हो ।
हृदयघातका कारण उहाँको मृत्यु भएको परिवारले जनाएको छ । हृययघात भएपछि उहाँलाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । राती १ बजे उहाँको निधन भएको स्थानीय व्रिजेश यादवले बताउनुभयो ।

जानु पाण्डे