• २० असोज २०८१, आइतबार

राजस्व ठगी अभियोगमा मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २७ गते । राजस्व अनुसन्धान विभागले राजस्व ठगीको आरोपमा अन्तरा इन्टरनेसनलविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले मूल्य अभिवृद्धि करतर्फ दुई करोड ५० लाख ४५ हजार ३११ र आयकरतर्फ छ करोड तीन लाख ३२ हजार २४३ गरी जम्मा आठ करोड ५३ लाख ७७ हजार ५५४ रुपियाँ बिगो अभियुक्तबाट असुल गर्न माग गरेको छ । यसबाहेक बिगो बराबरको रकम जरिवाना र कैद माग गरिएको छ । 

अन्तरा इन्टरनेसनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागको आरोप छ । विभागले वैशाख २२ गते मुद्दा दायर गरेको हो ।