• ११ जेठ २०८१, शुक्रबार

उत्साहजनक ढंगबाट मतदान गर्न कमल थापाको आह्वान

blog

कमल थापा ।

काठमाडौँ, वैशाख २७ गते । राप्रपा नोपलका अध्यक्ष कमल थापाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहजनक ढंगबाट सहभागी हुन सम्पूर्ण मतदातालाई  आह्वान गर्नुभएको छ।

मंगलबार प्रेश विज्ञप्ति सार्वजनिक गर्दै थापाले यस्तो आह्वान  गर्नुभएको हो । अध्यक्ष थापाले आफ्नै घर आँगनमा जनताले आफैले चुनेको सरकारको अनुभूति प्राप्त गर्न पाउने सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली प्रजातन्त्रको मेरुदण्ड भएको समेत उल्लेख गर्नुभएको छ । राप्रपा नेपालले स्थानीय तहको निर्वाचनलाई महत्वका साथ लिएको उहाँको भनाइ छ ।