मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यकाको चक्रपथभित्रको क्षेत्रमा एक हजार किलोमिटर पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइ (पीआईडी)का निर्देशक राजेन्द्र सापको
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र श्रीलङ्काको पछिल्लो आर्थिक स्थितिले यस क्षेत्रका धेरै राष्ट्रलाई झस्काएको छ । भावी आर्थिक सङ्कटको अवस्थाबाट मुक्ति पाउन विभिन्न उपाय अवलम्बन गरेका पनि छन् । अधिकांश उपभोग्य वस्तुको आयात गर्नुपर्ने हुँदा देशको ढुकुटीमा पर्याप्त मात्रामा विदेशी मुद्राको सञ्चिति अर्थतन्त्रका लागि उपयुक्त मानिन्छ । विदेशी मुद्रा पर्याप्त हुँदा आवश्यक वस्तु वा सेवाको आयात गर्न समस्या पर्दैन । अन्य विभिन्न कारणसँगै रुस र युक्रेनबीचको द्वन्द्वले अन्तर्राष्ट्रिय क्षेत्रमा महँगी बढेको छ । महँगीसमेतले बढ्दो आयातसँगै नेपालजस्ता मुलुकलाई विदेशी मुद्राको सञ्चितिमा प्रतिकूल प्रभाव पर्नु स्वाभाविकै हो । यस्तै कोभिड सङ्क्रमणको गति न्यून भएलगत्तै वृद्धि भएको आर्थिक गतिविधिका कारण चलायमान भएको अर्थतन्त्रले गर्दा पनि माग बढेर आयातमा चाप परेको छ । यी सबै कारणले विदेशी मुद्रा सञ्चितिमा चाप परेको वास्तविकता नेपालले भोगिरहनु परेको हो । अहिलेको अवस्थामा विश्वका विकसित तथा धनी मुलुकहरूले समेत अर्थतन्त्र सही दिशामा लैजान निकै असजिलो स्थितिको सामना गरिरहनु परेको विश्वव्यापी यथार्थ हो । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कलाई आधार मान्दा नेपालसँग हाल झन्डै १२ खर्ब रुपियाँ अर्थात् साढे नौ अर्ब डलरभन्दा बढी विदेशी मुद्रा सञ्चिति छ । यो रकमबाट मुलुकले झन्डै सात महिनाका लागि विदेशी वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ । यता भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा मात्र १४ खर्ब रुपियाँभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको देखिन आएको छ । यही अनुपातमा आयात वृद्धि कायम रहेमा चालू आर्थिक वर्षमा नेपालले २० खर्ब रुपियाँभन्दा बढी विभिन्न वस्तु तथा सेवाको आयातमा खर्चिनेछ । विदेशी मुद्रा सञ्चितिको अवस्था तथा आयातको अनुपातको विश्लेषण गर्दा यसलाई अनुकूल स्थिति भन्न सकिने अवस्था पक्कै पनि छैन । यसका निम्ति आयातका वस्तुमा नियन्त्रण तथा कडाइ गर्नुपर्ने वा यस्तै अन्य केही उपाय अपनाउनु पर्ने विकल्प सरकारसँग छ र सरकारले त्यस दिशातिर काम थालिसकेको छ । पर्याप्त विदेशी मुद्रा सञ्चितिको अभावमा श्रीलङ्काले स्कुल र कलेजको परीक्षा सञ्चालनका लागि आवश्यक कापी तथा मसी खरिद गर्न नसकेको परिस्थिति जानकारीमै छ । यो परिस्थिति आकलन गर्दा नेपालले पनि समयमै पनि केही शिक्षा लिनै पर्ने अवस्थालाई नकार्न सकिँदैन । यसर्थ अहिलेको अवस्थामा सन्तुलित अर्थतन्त्रका निम्ति आयातमा नियन्त्रण, अनावश्यक खर्चमा कटौती, इन्धन उपभोगमा मितव्ययिता पूर्वसतर्कताका आधार हुन सक्छन् । यी पूर्वसतर्कताका उपाय अवलम्बनबाट आउँदा दिनमा अर्थतन्त्रमा समस्या सिर्जना नहुने परिस्थिति आउनेमा विश्वस्त हुन सकिन्छ । नियन्त्रणात्मक उपाय अवलम्बनका अभावमा मुलुकसँग विषम आर्थिक स्थितिको सामना गर्नुबाहेकको विकल्प हुने छैन । अहिलेको विदेशी मुद्रा सञ्चिति निकै गम्भीर अवस्थामा नभए पनि भविष्यका लागि सचेत हुनुपर्ने अर्थविद्हरूको भनाइले पनि मुलुकको अर्थतन्त्रमा सुधारको अपेक्षा गर्न सकिन्छ । अर्थमन्त्री जनार्दन शर्माको बुझाइ पनि यही छ । यसका अतिरिक्त सरकारद्वारा विदेशी मुद्रा सञ्चिति वृद्धिका लागि अनावश्यक विदेश भ्रमणमा विचार पु¥याउनु थालिएको छ । त्यसै गरी आयातमा नियन्त्रण तथा कडाइका उपायहरूले पक्कै पनि सकारात्मक परिणाम ल्याउने तथ्यमा अर्थमन्त्री शर्मा आशावादी हुनुले मुलुकमा जटिल आर्थिक समस्या आइनपर्ने तथ्यमा विश्वस्त हुन सकिन्छ । सरकारको नियन्त्रणात्मक कदमजस्तै वर्तमानको विषम परिस्थितिबाट पार पाउने मुख्य उपाय विलासी तथा अनावश्यक वस्तुको आयातमा पूर्ण नियन्त्रण नै समेत हो । समयमै परिस्थिति अनुरूप सरकारले यसमा अझै कडीकडाउ गर्नु समग्रमा सन्तुलित अर्थतन्त्रका लागि उत्तम हुनसक्छ । सरकारद्वारा अवलम्बन गरिने यस्ता कदमका अतिरिक्त पछिल्लो समयमा विप्रेषण आप्रवाहमा देखिएको सुधार, बाह्य पर्यटक आगमनमा वृद्धिका साथै बाह्य लगानीमा देखिएको वृद्धिले पनि नेपाली अर्थतन्त्रलाई सही एवं सन्तुलित दिशा दिन सक्छ । अर्थमन्त्री शर्माका विचारजस्तै यी तथ्यहरूका सकारात्मक परिणाम तीन चार महिनापछि नेपाली अर्थतन्त्रमा देखिने अपेक्षा गर्न सकिन्छ । सरकारले नियन्त्रण मात्र गरेर हुँदैन, आर्थिक सुधारका नीतिगत पाइलासमेत अगाडि बढाउनु पर्छ । रोजगारी बढाउने र स्वदेशी उत्पादन बढाउने नीतिले नै अर्थतन्त्रले सही मार्ग अवलम्बन गर्न सक्छ ।
मोहन दाहालनेपाली राजनीतिका शीर्षस्थ नेताले सर्वसाधारण जनता र प्रेसमार्फत उठे÷उठाइएका संवेदनशील एवं गम्भीर प्रकृतिका प्रश्नको वस्तुपरक चित्तबुझ्दो उत्तर दिएर गुम्दै गरेको साख, विश्वास र प्रतिष्ठा जोगाउनुपर्ने बेला भएको छ । चुनावी राजनीतिका नाममा एकले अर्काविरुद्ध अतिरञ्जित तवरबाट गालीगलौजको वर्षा गर्दा हिजोका दिनमा सगरमाथाजस्तै अग्ला देखिने कतिपय खासगरी कम्युनिस्ट नेताहरूको कद र काँट आज लिलिपुट मानवमा रूपान्तरित हुँदै गएको प्रतित हुन्छ । लोकतन्त्रको सुदूरभविष्यको निम्ति जुन गम्भीर चिन्ताको विषय हो । विशेषतः नेपाली कम्युनिस्ट जगत्का शीर्ष नेतात्रय– एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अहिले एकअर्का विरुद्ध गालीगलौजका जेजस्ता दोहोरी–तेहरी चलेका छन् । तिनले नेताजीहरूको उचाइ र आयतन मात्र घटाएको नभई जनतालाई निःशुल्क मनोरञ्जनसमेत प्रदान गरेको अवस्था छ । नेपाली कम्युनिस्ट आन्दोलनले नौलो जनवादी चरण पार गर्दै गरेर समाजवादतर्फ अघि बढ्दै गरेको विश्लेषण वाम विश्लेषक र बुद्धिजीवीले गरिरहँदा र नेपालमा कम्युनिस्ट जनमत कुल मतदाता सङ्ख्याको दुईतिहाइ नजिक रहेको तथ्य उजागर भएको चार वर्ष हुँदा नहुँदै तिलस्मी ढङ्गले कम्युनिस्ट कित्ता रणनीतिक र राजनीतिक रूपमा रक्षात्मक अवस्थाबाट गुज्रिरहेको छ । परिस्थितिमा अपेक्षित सुधार भएन भने वाम कित्तालाई आफ्नो जीवन्त अस्तित्व र प्रभावकारी उपस्थिति कायम राख्न धौधौ नपर्ला भन्न सकिन्न । नेपालमा उत्कर्षमा पुगेको कम्युनिस्ट शक्तिलाई करिब दुई तिहाइ नजिकको बहुमतको बलमा सत्तामा आसीन रहेकै बेला आजको नाजुक एवं टिठलाग्दो अवस्थामा पु¥याउनेमा अरू कोही नभएर स्वयं शीर्ष नेतृत्व अर्थात् तत्कालीन सत्तारुढ नेकपाका अध्यक्ष द्वय ओली र दाहाल हुन् । कम्युनिस्ट भाषाका कथित प्रतिक्रियावादी, विस्तारवादी, संशोधनवादी वा साम्राज्यवादीले सत्तरी वर्ष बढीको अथक प्रयास र सङ्घर्षको परिणाम स्वरूप नेपाली राजनीतिको मूल प्रवाह बनेको कम्युनिस्ट शक्तिलाई निमेषभरमै क्षतविक्षत तुल्याएका होइनन् यो परिस्थितिका जिम्मेवार स्वयं शीर्ष नेता नै छन् । कतिपय अरू मुलुकमा कम्युनिस्ट राजनीतिलाई कमजोर तुल्याउन शक्तिशाली कम्युनिस्टविरोधी बाह्य शक्तिको निर्णायक भूमिका रहेका उदाहरण छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा यसको अपवाद देखियो, स्रष्टा नै संहारक बने । भन्छन्, माकुराका बच्चाले माउलाई खान्छन् तर नेपालमा माउ (स्रष्टा नेता) ले बच्चा (कम्युनिस्ट आन्दोलन) खाइरहेको विचित्रको अवस्थाको अनुभव भएको छ । अर्को खट्किँदो पक्ष के छ भने कम्युनिस्ट कित्ताका शीर्ष नेताद्वय–ओली र दाहालबीच जुन बेमेल र द्वन्द्व थियो र अद्यावधि पर्यन्त छ त्यसमा वैचारिक एवं सैद्धान्तिक भिन्नता खासै देखिँदैन । गैर कम्युनिस्ट आँखाबाट हेर्दा नेताद्वय बीच व्यक्तित्वको टकराव, नेपाली कम्युनिस्ट आन्दोलनको प्राधिकारी बन्ने होडबाजी र जुँगाको लडाइँभन्दा बढी देख्न सकिँदैन भने स्वयं कम्युनिस्टका आँखाले त झन् के पो देख्लान् र ! यहाँसम्म कि दुई नेता र तिनका गुटबीचका घोचपेच र गाली गलौजमा कम्यनिस्टले प्रयोग गर्ने शब्द मात्रै हुन्थे भने पनि कम्युनिस्ट सिद्धान्त मन पराउने नयाँ पुस्ताले कमसेकम शब्दसम्म सिक्ने अवसर पाउँथ्यो । आश्चर्य, कथित अग्रगामीले कथित प्रतिगामीविरुद्ध प्रयोग गरिने गरेका शब्द र शैली ओली–दाहाल वाक्युद्धमा प्रयोग भएका छन् । समाजवादउन्मुख संविधानलाई आदर्श र मार्गदर्शक मानेर अघि बढेका नेताले, कम्युनिस्ट शब्द सापटी लिएर भन्दा, बुर्जुवाले प्रयोग गर्ने गालीगलौजका भाषा प्रयोग गरेको सुन्दा र देख्दा सिद्धान्त र राजनीतिमा मात्र नभई नेपालमा माक्र्सवादी भाषा र साहित्यमा नै पो खडेरी परेर सङ्कट उत्पन्न भएको हो कि क्या हो भन्ने भान पर्छ ।राष्ट्रिय समस्या वा जनताका समस्याको चित्रण, तिनको समाधानका लागि दल वा नेताहरूबीच नीतिगत, वैचारिक, सैद्धान्तिक वा कार्यक्रमिक विवाद वा मतभेदका सन्दर्भमा यो गालीगलौज केन्द्रित हुन्थ्यो भने एक हदसम्म स्वाभाविक मानिन्थ्यो होला । नेताहरूबाट जनताले गरेको अपेक्षा यो होइन । जनता चाहन्छन्–आफ्ना नेता जनजीविकाका सवालमा दन्तबझान गरुन्, नीतिगत र कार्यगत भ्रष्टाचारका फेहरिस्त पस्किएर जनतालाई सजग र सचेत तुल्याउँदै हरेक निकाय र क्षेत्रमा सुशासनको अनुभूित गराउन्, विभिन्न निकायमा क्रियाशील प्रशासनिक संयन्त्रलाई व्यवहारमै जनताप्रति उत्तरदायी एवं संवेदनशील तुल्याउन्, राज्य प्रणाली र जनताबीच सघन कुहिरोको रूपमा विकसित बिचौलिया प्रथालाई जरैदेखि उखेलेर निर्मूल गरी राज्य प्रणाली र यसका सञ्चालन संयन्त्रप्रति जनतामा अपनत्व र स्वामित्वको भाव कायम हुन सकोस् आदि आदि । लाग्छ, वाम नेतात्रयको दृष्टिमा राष्ट्र र जनता पूराका पूरै समस्या रहित छन् र उनीहरूको विषयलाई लिएर कसैले टाउको दुखाउन आवश्यक छैन । समस्या छ त केवल उहाँहरूबीचमा जुन समस्याको माग एकले अर्कोलाई पूर्ण निषेधमा केन्द्रित रहेको प्रतित हुन्छ । एउटाको जरो किलो गरेर अर्कोलाई औषधि बनाउनेजस्ता कुरा वर्तमान राज्य प्रणाली र यसलाई परिभाषित एवं निर्देशित गर्ने संविधानको आशय, भाव र मर्म होइन । अपितु सहअस्तित्व, एक अर्काप्रतिको सम्मान तथा सहकार्य हो । निषेधको सोच, प्रवृत्ति र व्यवहारमा लोकतन्त्र फस्टाउन सक्दैन । यस्तो विचार र व्यवहार झाँगिदै जाँदा अन्ततः यसको गर्भबाट अधिनायकवाद प्रादुर्भावको खतरा हुन्छ । निषेधको सोच र व्यवहार अहिले जसरी राष्ट्रिय संस्कार, चरित्र र संस्कृतिका रूपमा विकसित भइरहेको छ भोलिका दिनमा यसले राष्ट्रिय एकताको भावनामा नै आघात नपु¥याउला भन्न सकिन्न । लोकतान्त्रिक प्रणालीको भाव र मर्म राष्ट्रिय एकता र सामाजिक सद्भाव बिथोल्ने वा खलल पु¥याउने निश्चय नै होइन । जोड्ने हो तोड्ने होइन, गाँस्ने हो मास्ने होइन । राजनीतिका नाममा नेकपाका शीर्ष नेतात्रयले एकअर्का विरुद्ध जुन हदसम्मका गाली गलौजका शब्दको अपव्यय गरिरहनु भएको छ त्यसले नेपाली समाजलाई थप छिन्नभिन्न र कमजोर बनाउँदै लगेको छ ।गाली गलौज वा नकारात्मक आलोचना–प्रत्यालोचनाले परिस्थितिलाई कहाँबाट कहाँ पु-याउँदोरहेछ भन्ने दृष्टान्त खोज्न टाढा जान पर्दैन । निकट अतितमा सचिवालयका नाममा तत्कालीन सत्तारुढ नेकपाका अध्यक्षद्वयमध्येका एक अध्यक्ष दाहालले नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालसँगको सहकार्यमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध अघि सार्नु भएको आरोप पत्रले निम्त्याएको अकल्पनीय घटना नै पर्याप्त छ । तत्कालीन सत्तारुढ नेकपाका शीर्ष नेताबीचको त्यति बेलाको झगडा र गाली गलौज पनि अहिलेको जस्तै गैरराजनीतिक गुटगत, व्यक्तिवादी र निजात्मक थियो, कुनै वैचारिक–सैद्धान्तिक वा राज्य सञ्चालनका विषयमा केन्द्रित थिएन । विचार र सिद्धान्त गौण तथा व्यक्ति र गुटका निहित स्वार्थले प्रधान्यताप्राप्त विवादको परिणाम प्रायः नकारात्मक रहने गरेका छन् । मूलतः ओली र दाहालबीचको निजात्मक द्वन्द्वले करिब दुईतिहाइ नजिकको कम्युनिस्ट सरकार मात्र ढलेन सात दशक लामो सङ्घर्षको परिणाम स्वरूप निर्मित कम्युनिस्ट किल्लालाई स्वयं निर्माताले नै ध्वस्त तुल्याए, एकीकृत पार्टी तीन टुक्रामा विभाजित हुन पुग्यो । यस घटनालाई नेपाली राजनीतिक इतिहासको दुःखद अध्याय मान्दा अत्युक्ति हुँदैन तर यति ठूलो क्षति व्यहोरी सक्दा पनि नेताहरूबाट तिनै नकारात्मक चरित्र, प्रवृत्ति र व्यवहारको पुनरावृत्ति भइरहँदा उहाँहरूबीचको विद्यमान द्वन्द्वले आसन्न निर्वाचनलाई प्रतिकूल प्रभावित तुल्याउने हो कि भन्ने चिन्ता बढेको छ । त्यसै पनि दल र उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा हुँदा पनि ठाउँठाउँमा शान्ति सुरक्षाको प्रश्न उठ्दै आएको हो । निर्वाचन राजनीतिक दलका नेता, कार्यकर्ता र दलका समर्थक मतदाताका लागि इज्जत, प्रतिष्ठा, भाग्य र भविष्यको अहं प्रश्न बन्ने भएकाले उम्मेदवार आफू विजयी बन्न नेता, कार्यकर्ता र पक्षधर मतदाता निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राख्दैनन् । यसर्थ जहिल्यै पनि निर्वाचनको समयमा शान्ति–सुरक्षाको स्थिति निकै संवेदनशील एवं नाजुक रहने गरेका घटना र प्रवृत्तिसँग प्रायः हामी सबै परिचित नै छौँ । आसन्न निर्वाचन, शत्रुतापूर्ण अन्तर्विरोधको कारण, कम्युनिस्टका तीनवटा घटकका लागि प्रतिष्ठाका लागि मात्र नभई राजनीतिक जीवन–मरणको विषय भएको छ । तीनवटै घटकका नेता कार्यकर्ताको मानसिकता आफ्ना उम्मेदवार जिताउने भन्दा सगोत्रीविरोधी उम्मेदवारलाई हराउनेमा बढी केन्द्रित रहने रुझान रहलाजस्तो आशङ्का बढेको छ । निर्वाचनमा यदि यस्तो रुझान विद्यमान रहेमा शान्ति–सुरक्षाको प्रश्न अहिले सोचेभन्दा पनि नाजुक नहोला भन्न सकिन्न । यो वर्ष तीनवटा निर्वाचन हँुदैछन्, तीनवटै निर्वाचन दलहरूको भाग्य र भविष्यसँग मात्र होइन राष्ट्र र लोकतान्त्रिक प्रणालीको भाग्य तथा भविष्यसँगसमेत जोडिएका छन् । तीनवटा कम्युनिस्ट घटकबीचको चरम नकारात्मक सम्बन्धको वातावरणमा आफूले जित्नेमा भन्दा अर्कोलाई हराउने मानसिकतामा सहभागी हुने दललाई कस्तो परिणाम हात लाग्ला ? यस्तो वातावरणमा सम्पन्न हुने निर्वाचनमा कति हौसला र उत्साहसाथ मतदाता सहभागी होलान् र आएको परिणाम देशमा राजनीतिक स्थायित्व कायम गर्न र विकास, शान्ति तथा समृद्धिको जनचाहनालाई पूरा गर्न सफल होला ? तीन शीर्ष वाम नेताले यी सामान्य लाग्ने तर आधारभूत प्रश्नको उत्तर आफैँसँग मागेर अब उताका दिनमा तदनुरूप नीति र व्यवहार अवलम्बन गर्न आवश्यक छ ।
रामप्रसाद आचार्यअहिले विश्वको ध्यान रुस–युक्रेन युद्धमा केन्द्रित हुँदा सबैभन्दा खराब मानवीय सङ्कटचाहिँ यमनमा देखिएको छ । संयुक्त राष्ट्रसङ्घले त्यहाँको अवस्था झनै बिग्रँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । यमनका लागि आर्थिक सहायता जुटाउने संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रयास सफल भएन । सङ्घले गएको मार्च १६ मा स्थापित कोषमा चार अर्ब जम्मा गर्ने आकलन गरेको थियो तर उक्त रकमको एक तिहाइभन्दा कम रकम सङ्कलन भयो ।युक्रेनमा जारी युद्धको कारण यमनमा महँगी दोब्बरभन्दा बढी भएको छ । विशेष गरी पीठोको मूल्य दोब्बरभन्दा बढी छ । त्यहाँका धेरै परिवार दैनिक रूपमा पाउरोटीमा निर्भर छन् । धेरै गरिब परिबार पाउरोटी किन्न नसक्ने अवस्थामा पुगेका छन् । केही सामाजिक संस्थाले विशेष गरी कमजोर व्यक्ति, अनाथ, अपाङ्गता भएका मानिस र महिलालाई सहयोग गर्दै आएका छन् । ती संस्था पनि महँगीको मारमा परेका छन् । ती संस्था पनि सहजै पाउरोटी वितरण गर्न नसक्ने अवस्थामा पुगेका छन् ।सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले यमनको सबैभन्दा ठूलो र राजधानीसमेत रहेको सहर साना कब्जा गरेपछि यमनमा गृहयुद्ध सुरु भएको हो । सिया इस्लाम यो विद्रोहीलाई इरानको समर्थन छ । उनीहरूले राष्ट्रपति अब्द्राबुह मन्सुर हादीको नेतृत्व रहेको सुन्नी सरकारसँग विद्रोह गर्दै आएका छन् । हादी सन् २०११ को अरब क्रान्तिपछि राष्ट्रपति बन्नुभयो । त्यसअघि अली अब्दुल्लाह सलेह लामो समय राष्ट्रपति हुनुहुन्थ्यो । अरब क्रान्तिले उहाँलाई सत्ताच्युत ग¥यो । सलेहलाई हटाएपछि हादीले देशमा स्थायित्व स्थापना गर्न प्रयास गर्नुभयो तर सेना विभाजित भयो । हुथी विद्रोहीले दक्षिणमा प्रदर्शनमा उत्रिए । हुथीहरूले परिस्थितिको फाइदा उठाउँदै देशका अन्य ठाउँसमेत कब्जा गरे । प्रस्तावित सङ्घीय संविधान र सत्ता साझेदारीका लागि हादीको प्रस्ताव अस्वीकार गर्दै उनीहरूले थप लक्ष्य तय गरे । हुथीहरूले सहजै राजधानी साना कब्जा गरेपछि राष्ट्रपति हादी साउदी अरबमा पलायन हुनुभयो । यद्यपि उहाँ अझै पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको प्रमुखका रूपमा रहनुभएको छ ।यमनी युद्ध देशभित्र लडाकुहरूमा सीमित रहेन, बाह्य शक्तिको चलखेल सुरु भयो । सन् २०१५ को मार्चमा साउदी अरबको नेतृत्व रहेको प्रायः सुन्नी मुस्लिम भएका खाडी देश, पश्चिम समर्थित गठबन्धनले देशमा इरानी प्रभाव समाप्त गर्ने उद्देश्यले हुथीहरूविरुद्ध हवाई कारबाही सुरु ग¥यो । त्यसयता यमनका विभिन्न भागमा अहिले पनि लडाइँ र हवाई आक्रमण जारी छ ।यो आक्रमण जनताप्रति लक्षित छैन । त्यहाँका मानिस लडाइँले भन्दा भोकले धेरै मरिरहेका छन् । करिब तीन करोड जनसङ्ख्या रहेको देशका ८० प्रतिशतभन्दा बढी मानिस कुनै न कुनै किसिमको सहायतामा निर्भर छन् । यमन मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा गरिब देश हो जसले करिब ९० प्रतिशत खाद्यान्न आयात गर्छ । विश्व बैङ्कका अनुसार यमनमा ४० प्रतिशत गहुँ युक्रेन र रुसबाट जाने गर्छ । अहिलेको चरम मूल्यवृद्धिले यमनी सहर एडेनका स्थानीय मुस्लिम ह्यान्ड्स सहायता संस्थाले मानवीय सहयोग परियोजना बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । एडेनबासी राइधा मोथना अली पाँच सन्तानसहितकी एक विधवा हुन् । उनको परिवार परोपकार सहायतामा निर्भर छ । उनी भन्छिन्, “म आधारभूत आवश्यकताको अभावबाट गुज्रिरहेकी छु । मसँग निश्चित तलब प्राप्त हुने काम छैन । म र मेरा सन्तानले दिनमा दुईवटा पाउरोटी पाउँछौँ र हामी त्यही खान्छौँ । यदि उनीहरूले पाउरोटी दिन बन्द गरे भने मसँग उपाय छैन ।”पाउरोटी उत्पादक उद्योगमा काम गर्ने सलह अहवासले ताइज सहरका मानिस रातको समयमा फोहोरको डङ्गुरमा खाना खोज्न जाने गरेको सुनाए । उनले त्यहाँ पुग्ने मानिसले प्रतिष्ठा कायम राख्न अनुहार छोप्ने गरेको बताए । सन् २०२१ को अन्त्यसम्ममा त्यहाँ कम्तीमा तीन लाख ७७ हजार मानिसको मृत्यु भयो । सन् २०१४ मा युद्ध सुरु भएदेखि १० हजारभन्दा बढी बालबालिका मारिएका छन् । अहिले एक करोड ९० लाख मानिसलाई तत्काल खाद्य सहायताको आवश्यकता छ । त्यहाँका ५० लाख मानिस भोकमरीको नजिकै छन् भने ५० हजार मानिसले भोकमरी भोगिरहेका छन् । गृहयुद्धका कारण ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।यमनमा शान्तिका लागि बनेका थुप्रै योजना असफल भए । समस्या समाधानका लागि कूटनीतिक पहल भने जारी छ । साउदी अरबमा रहेको खाडी मुलुकहरूको सहकारी परिषद् (जीसीसी) ले हुथी विद्रोही र अन्य यमनी पक्षलाई परामर्शका लागि सम्मेलन ग¥यो । उक्त सम्मेलनमा हुथी विद्रोही पनि सहभागी भए तर शान्तिका लागि कुनै तयारी भएन । दलहरू सम्झौता गर्न तत्पर भएनन् । हुथीहरूले उनीहरूलाई शासन गर्ने अधिकार छ भन्ने सोच त्याग्न तयार छैनन् । जसले गर्दा सम्मेलन असफल भयो । मुख्य पक्षहरूले युद्धबाटै पैसा कमाइरहेका कारण उनीहरू सम्झौताका लागि तयार भएनन्, जनता मात्र मरिरहेका छन् । साउदी अरबले गत वर्षको मार्चमा पनि शान्ति योजना प्रस्ताव गरेको थियो । संयुक्त राष्ट्रसङ्घको निरीक्षणमा युद्धविराम गर्न दिइएको त्यो सुझाव सफल भएन । अमेरिकाले सन् २०२१ मा यमनप्रति अमेरिकी नीति परिवर्तन ग¥यो । ट्रम्प प्रशासनले हुथीहरूलाई दिएको आतङ्कवादीको पहिचान बाइडेन प्रशासनले खारेज ग¥यो । संयुक्त राष्ट्रसङ्घले सन् २०२० मा यमनलाई आवश्यक पर्ने तीन अर्ब ४० करोड डलरमध्ये आधाभन्दा बढी मात्र प्राप्त गरेको थियो । गत वर्ष दाताहरूले दुई अर्ब ३० करोड डलर दिएका थिए । सङ्घको कोष रित्तिएका कारण विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई पनि यमनमा खाद्यान्न सहायता घटाउन बाध्य पारिएको थियो । गत मार्च १६ मा राष्ट्रसङ्घले दाताहरूको ध्यान यमनतर्फ आकर्षित गर्न अर्को प्रयास ग¥यो । उक्त एक दिवसीय कार्यक्रममा दातृ देशहरूलाई गरिएको विशेष अपिलमार्फत एक अर्ब ३० करोड डलर सङ्कलन ग¥यो जुन राष्ट्रसङ्घले आशा गरेको भन्दा रकमको एकतिहाइ मात्र थियो । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यमनको सङ्कटलाई युक्रेनी युद्धले छायाँमा पर्न नहुने चेतावनी दिनुभयो । गत वर्ष बेलायत सरकारले यमनलाई प्रदान गर्दै आएको सहायताबाट ठूलो रकम कटौती घोषणा ग¥यो । यस वर्ष ११ करोड ५० लाख डलर दिने बताएको छ जुन रकम गत वर्ष प्रतिबद्धता जनाएको २१ करोड ५० लाख भन्दा कम हो । “यो कदम निकै हानिकारक छ र अब हामीसँग पैसा सकिएको छ”, डब्लूएफपीका कार्यकारी निर्देशक डेभिड बिस्लेले भन्नुभयो । यमनमा कोषमा घटेको स्रोत नै चिन्ताको प्रमुख विषय हो ।“युक्रेनको युद्धले हाम्रा परियोजनालाई निश्चित रूपमा असर गर्नेछ र सायद हामीले सहयोगमा कटौती गर्नुपर्ने हुन्छ”, परोपकारी संस्था मुस्लिम ह्यान्ड्स, यमनका निर्देशक अब्दुल रहमान हुसेन भन्नुहुन्छ । हाल हामी यहाँ हरेक दिन ५० हजार पाउरोटी बाँड्छौँ तर मूल्यवृद्धि दोब्बर भएको कारण यस कार्य जारी राख्न हामीलाई थप सहयोग चाहिन्छ । नत्र हामीले पाउरोटी उत्पादन गर्ने केही उद्योग बन्द गर्न सक्छौँ”, उहाँले चेतावनी दिनुभयो ।अत : यमनको सङ्कट छिटो समाधान गर्न सबै पक्षको सहयोग अपरिहार्य छ । एक पक्षको प्रयासले मात्र समस्याको दिगो समाधान सम्भव छैन । छिटो समस्याको समाधान भएन भने भोकका कारण त्यहाँ धेरैको ज्यान जाने अवस्था छ ।
पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ ।
पाल्पामा सुख्खा पहिरोमा परेर बेपत्ता भएका पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पाको तिनाउ–१, कचलमा रहेको कचल फाँट सिंचाई आयोजनाको कुलो खन्ने क्रममा सुख्खा पहिरो जाँदा एक पुरुष बेपत्ता भएका थिए ।
काठमाडौँ, वैशाख ७ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिातको दोस्रो दिन सन्जय लामा र भुवन कुमार रोक्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बुधबार सन्जयले ६ अन्डर ६२ र भुवनले चार अन्डर ६४ खेल्नुभयो । ३६ होलको समाप्तिसँगै सन्जय र भुवनको कूल आठ अन्डर एक सय २८ स्कोर छ । सन्जयले पहिलो दिन दुई अन्डर ६६ र भुवनले चार अन्डर ६४ खेल्नुभएको थियो । कूल सात अन्डर एक सय २९ स्कोरका साथ सूर्य प्रसाद शर्मा तेस्रो, ६ अन्डर एक सय ३० स्कोरका साथ दीपक मगर चौथो तथा पाँच अन्डर एक सय ३१ को समान स्कोर बनाउन सफल भुवन नगरकोटी र रवि खड्का संयुक्त पाँचौँ स्थानमा हुनुहुन्छ । पहिलो दिन ६ अन्डर खेल्नु भएको रविले दोस्रो दिन एक ओभर ६९ मा चित्त बुझाउनुभयो । यसैगरी एमेच्योरतर्फ सुवास तामाङ शीर्षस्थानमा हुनुहुन्छ । सुवासको कूल तीन अन्डर एक सय ३३ स्कोर छ । एक सय ४२ स्कोर सहित सुरेस तामाङ दोस्रो स्थानमा हुनुहुन्छ । बुधबार ३६ होलको समाप्तिसँगै कूल ११ ओभर एक सय ४७ स्कोरसम्म खेल्ने २६ खेलाडी थप ३६ होलको फाइनल राउन्डमा प्रवेश गरेका छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धामा २२ एमेच्योर सहित ५९ गल्फरको सहभागिता रहेको थियो । कूल पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको चारदिने प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रोतर्फ फाइनलमा पुग्ने शीर्ष २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस एक्लै लडे पनि गन्तव्यमा पुग्ने बताउनुभएको छ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख ७ गते । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता साङ्केतिक प्रचार प्रसार सामग्री उत्पादन तथा विक्री वितरण गर्ने कार्य तत्काल बन्द गर्न सम्बद्ध सबैमा आव्हान गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सो आव्हान गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आचारसंहिताको दफा ४ को (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याम्प, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था रहेको छ ।”राजनीतिक दल तथा उम्मेदवारद्वारा प्रचार सामग्री उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने आयोगलाई सूचना प्राप्त भएकाले त्यस्ता सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने कार्य तत्काल बन्द गर्न आयोगले सम्बद्ध सबैलाई आव्हान गरेको हो । विज्ञप्तिमा अगाडि भनिएको छ, “नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनैपनि उत्पादन नगर्न नगराउन परिपत्र गरी सहयोग गरी दिन आयोग अनुरोध गर्दछ ।”आयोगको अनुरोधलाई बेवास्ता गरी आचारसंहिताको उल्लङ्घन भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले कानुनी कारवाही गर्ने चेतावनी दिएको छ । आयोगले एक लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ ।निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि गैरसरकारी वा निजी संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीलाई त्यस्ता सामग्री उत्पादन, बिक्री वितरण नगर्न नगराउन र राजनीतिक दल, दलका उम्मेदवार, दलका भातृ संगठन, कार्यकर्ता एवम् सम्बद्ध सबैलाई त्यस्ता सामग्री उपयोग एवम् खरिद समेत नगर्न नगराउन निर्वाचन आयोगले स्मरण गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
अछाम, वैशाख ७ गते। साँफेबगर नगरपालिका-८ चण्डिकाको जमालगाउँमा नेपाली सेनाको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन्। परिचय नखुलाइएका सामान्य घाइते रहेका सेनाको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ। निर्वाचनका लागि ३० जना सेना लिएर डोटीबाट कालिकोटतर्फ गइरहेको बा १ ग २४५३ नम्बर को भ्यान सडकमै दुर्घटना भएको हो। भ्यान चालकका अनुसार ब्रेक फेल हुँदा दुर्घटना भएको हो।
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ७ गते । गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धन कायमै रहने बताउनुभएको छ । अहिलेको सरकार गठबन्धनबाट नै निर्माण भएको स्मरण गर्दै उहाँले नेपाली कांग्रेस गठबन्धनकै पक्षमा रहने उल्लेख गर्नुभयो । बुधबार गृह जिल्ला रुपन्देही आउनुभएका मन्त्री खाणले निवासमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समयमै हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘अब पनि निर्वाचन हँुदैन भन्ने कुनै सवाल नै रहेन, निर्वाचन समयमै हुन्छ, हामी स्वच्छ, निष्पक्ष निर्वाचन गराउँछौं, यसमा सरकार प्रतिबद्ध छ ।’’वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय नेपाली कांग्रेसको केन्द्रीय समितिले पनि गरिसकेको र महाधिवेशनबाट पारित भएको भन्दै उहाँले अब यसलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने बताउनुभयो । ‘‘दलहरुसँग सहमति, सहकार्य र सहयात्रा हुनेछ, हामी यसमा प्रतिबद्ध छौं’’, उहाँले भन्नुभयो, ‘‘सबै प्रतिबद्ध हुनुपर्छ यसपटक एकै दिनमा देशभर निर्वाचन हुने भएकाले शान्ति सुरक्षाका लागि सरकारले रणनीति बनाएको छ ।’’आवश्यकताका आधारमा हवाई गस्ती गर्ने भन्दै गृहमन्त्रीले नेपाली सेनाको हेलिकप्टर, निजी क्षेत्रको हेलिकप्टर पनि प्रयोग गरेर भए पनि अनुगमन र निरीक्षण गर्ने उहाँको भनाइ छ । यस पटकको निर्वाचनमा नयँ ंदलहरु पनि भाग लिने भन्दै उहाँले विप्लव नेतृत्वको नेकपासँग पनि चुनावमा सहभागिताबारे चरणबद्ध छलफल भइसकेको बताउनुभयो ।गृहमन्त्रीले दल दर्ता, चुनाव चिह्न, स्वतन्त्र उम्मेदवारी कसरी सहभागिता गराउन मिल्छ, त्यसैगरी सहभाागिता गराइने र यसका लागि निर्वाचन आयोग पनि सकारात्मक रहेको जानकारी दिनुभयो । एक जिज्ञासामा गृहमन्त्री खाणले राष्ट्र बैंकको पुनः गर्भनरको जिम्मेवारी सम्हाल्नुभएका महाप्रसाद अधिकारीबारेमा टिप्पणी गर्दै न्यायपालिकाको निर्णयको स्वागत गर्ने उल्लेख गर्नुभयो । कांग्रेसका प्रभावशाली नेतासमेत रहनुभएका खाणले गठबन्धनको विरोध गर्नुको औचित्य नहुने भन्दै सबैलाई पार्टीको अनुशासनमा बस्न आग्रह गर्नुभयो ।
लक्की चौधरीकाठमाडौं, वैशाख ७ गते । निर्वाचनसम्बन्धी मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लङ्घनको घटना अनुगमनमा तिव्रता दिएको छ । काउन्सिलले आचारसंहिता कार्यान्वयनमा सचेत गराउँदै उल्लङ्घन गर्नेलाई कारवाहीको प्रक्रिया पनि अगाडि बढाउँदैआएको छ । काउन्सिलले गत सोमबार रिपब्लिका दैनिक डट कम, काठमाडौंलाई आचारसंहिता पालनामा सजग गराएको छ । काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लकाअनुसार सो मिडियाले वैशाख १ गते ‘ललितपुरमा चिरिबाबु र भरतपुरमा रेणुको हार पक्का, टिकट लिन ठूलो चलखेल, कार्यकर्ताले धुलो चटाउने’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारले व्यक्तिगत प्रतिष्ठामा आँच पु¥याउने, भेदभाव हुने किसिमिले तथ्यहिन समाचार प्रकाशन गरेकोभन्दै आयोगले सो मिडियालाई सजग गराएको अनुगमन अधिकृत मल्लले बताउनुभयो । सो सञ्चारगृहलाई लिखित पत्राचार गरी पुनः त्यस्तो गल्ती नदोहो¥याउन सचेत गराएको काउन्सिलले जनाएको छ । त्यस्तै, काउन्सिलले गत सोमबार नै कालिका एफ.एम. ९५.२ मेघाहर्ज भरतपुर चितवनलाई पनि आचारसंहिता कार्यान्वयनमा सचेत गराएको छ । अनुगमन अधिकृत मल्लकाअनुसार सो एफएमले वैशाख २ गते चितवनमा भएको राप्रपाको कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म लाइभ प्रशारण गरेको थियो । कुनै दलविशेष राजनीतिक दलको चुनावी सभाको पक्षपोषण हुनेगरी प्रशारण गर्दा आचारसंहिताको उल्लङ्घन हुने भन्दै काउन्सिलले आचारसंहिता पालनामा सो मिडिया गृहलाई लिखित पत्रमार्फत् सजग गराएको जनाएको छ ।सोहीअनुसार काउन्सिलले मंगलबार मकालु खबर डट कमलाई फोनमार्फत आचारसंहिता कार्यान्वयनका लागि सजग गराएको जनाएको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराकाअनुसार सो सञ्चार माध्यमले ‘एमालेलाई निर्वाचन आयुक्तको जवाफः आदरणीय व्यक्तित्वहरुलाई कद नघटाउन अनुरोध छ’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । आचारसंहिता प्रतिकुल समाचार प्रकाशन भएलगत्तै सो मिडियाका प्रतिनिधिलाई फोनमार्फत समाचार करेक्सनका लागि अनुरोध भएपछि समाचार करेक्सन भएको काउन्सिलले जनाएको छ । त्यस्तै, गत सोमबार नै काउन्सिलले सन्ध्याकालिन दैनिक काठमाडौंलाई आचारसंहिता कार्यान्वयनका लागि निर्देश गरेको छ । सो पत्रिकाले ‘देशभर निर्वाचन वहिष्कारको पोष्टर टाँसियो’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । निर्वाचन विरोधी गतिविधिलाई प्रोत्साहन हुने किसिमको सामग्री प्रकाशन भएकोप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आइन्दा त्यस्तो विषयवस्तुको समाचार प्रकाशन प्रशारण नगर्न नगराउन सो सञ्चार गृहका सञ्चालकलाई लिखित निर्देश गरेको अनुगमन अधिकृत मल्लले बताउनुभयो । सोहीअनुसार नोपाटी डट कम डिजिटल न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्नेगरी व्यवस्था गर्न काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई लिखित आग्रह गरेको छ । सो अनलाइनले मंगलबार विभिन्न शीर्षक राखी भिडियोसहित समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । काउन्सिलले दिएको जानकारीअनुसार सो अनलाइनले ‘भरतपुरमा छोरी रेणुलाई मेयर नदिए खतराको घण्टी बजाईदिने प्रचण्डको चेतावनी’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । त्यस्तै, सोही दिन सो अनलाइनले ‘दश सिट नजित्ने माओवादीले धेरै निहुँ नखोज्न देउवाको प्रचण्डलाई चेतावनी’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । काउन्सिलका अनुगमन अधिकृत मल्लकाअनुसार सो अनलाइनले सोही दिन अर्को समाचार ‘कमल थापा रुँदै एमालेको शरण लिन पुगे’ भिडियो समाचार सम्प्रेषण गरेको थियो । समाचारको विषयवस्तु निर्वाचन विरोधी र आचारसंहिता प्रतिकुल रहेकाले त्यसलाई नेपालभित्र सम्प्रेषण हुन नसक्नेगरी व्यवस्था गर्न प्राधिकरणसँग काउन्सिलले लिखित आग्रह गरेको छ । सोहीअनुसार काउन्सिलले मंगलबार नै यो हो टेलिभिजनलाई पनि आचारसंहिता पालनामा लिखित पत्रमार्फत सजग गराएको छ । सो टेलिभिजनले ‘प्रचण्ड विषालु सर्प हुन् उनको दाँत कसरी झार्नु पर्छ भन्ने मलाई थाहा छ ः ओली’ शीर्षक दिई टेलिभिजनको सामाजिक सञ्जाल, युट्युव च्यानलमार्फत समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । उपप्रशासकीय अधिकृत रामशरण बोहराकाअनुसार सो टेलिभिजनलाई आचारसंहिता प्रतिकुल हुनेगरी कुनै सामाचार सामग्री सम्प्रेषण नगर्न नगराउन सचेत गराइएको छ ।
अमरराज नहर्कीतनहुँ, वैशाख ७ गते। लडेर र तातो पानीमा डुबेर तनहुँका दुई बालकको मृत्यु भएको छ। व्यास नगरपालिका– ६ स्याउली बजार बस्ने भुपाल परियारकी छोरी तीन वर्षीया आकांक्षा परियार खेल्ने क्रममा आफ्नै घरको दुई तलामाथिबाट लड्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले गम्भीर घाइते आकांक्षाको उपचारको क्रममा फेवासिटी अस्पताल पोखरामा मङ्गलबार साँझ मृत्यु भएको उहाँले जानकारी दिनुभयो। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै भानु नगरपालिका–१२ रतनपुर बस्ने सन्तोष घर्तीकी छोरी दुई वर्षीया आरोही घर्तीको गाईवस्तुलाई पकाएको खेलेमा डुबेर मृत्यु भएको छ। तातो खोलेमा डुबेपछि उपचारार्थ पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा मङ्गलबार साँझ मृत्यु घर्तीको मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिनुभयो। दुवै घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय २८ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो ।
सरकारले नाकाहरुमा विशेष सावधानि अपनाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले छिमेकी मुलुकहरुमा सङ्क्रमण बढ्दै गएकाले प्रवेश नाकामा विशेष सावधानी अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।