काठमाडौं, जेठ ९ गते । प्रेस सेन्टर, नेपालले कृष्णसेन 'इच्छुक' स्मृति पत्रकारिता पुरस्कार २०७८ र ७९ बाट दुई जनालाई जनही ५० हजार र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार ०७८ र ७९ बाट दुई जनालाई जनही २५ हजार रुपियाँसहित कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ ।आइतबार साँझ बसेको प्रेस सेन्टर, नेपालको सचिवालयको बैठकले सोको लागि नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको अध्यक्षतामा गोविन्द देवकोटा र गङ्गा बरालसहित तीन सदस्यीय निर्णायक समिति गठन गरेको छ । वि.सं २०५९ जेठ १३ गते माओवादी ‘जनयुद्ध’को दौरानमा मारिएका पत्रकार तथा सांस्कृतिककर्मी कृष्ण सेन ‘इच्छुक’को जेठ १३ गते एक कार्यक्रमकाबीच साे पुरस्कार वितरण गरिनेछ ।बैठकमा सम्बाेधन गर्नुहुँदै पत्रकार र सांस्कृतिकर्मीकाे त्याग, तपस्या र बलिदानमा बनेकाे सङ्घीयतासहितकाे अधिकार सुनिश्चित गर्नकाे लागि बनेकाे सत्तापक्षीय गठबन्धनको ऐतिहासिक विजय भएकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेश्वर दाहालले बताउनुभयाे ।उहाँले सत्तापक्षीय गठबन्धनलाई आउँदो मध्यावधि चुनावमा परिष्कृत लगेर लैजानुपर्नेमा जोड दिनुहुँदै भन्नुभयाे, ''गठबन्धनमा रहेका दल विशेषको हार र जितको विषय प्रमुख नभएको बताउनुहुँदै उहाँले राष्ट्रियता र सार्वभौमसत्ता सम्पन्न जनताको विजय भएको छ।''यस्तै, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले पत्रकारिता पेशा छाडेर स्थानीय पालिकामा विजयी हुनुभएका प्रमुख र अध्यक्षहरुलाई अधिकतम जनताको पीडा र अभावबारे जानकार भएकाले जनजीविका, स्थानीय विकास, कुशासन र भष्ट्राचारमुक्त समाज निर्माण गर्न आह्वान गर्नुभयो ।
बाँकेमा जेठ १० गते अर्थात् मङ्गलबारदेखि कोभिडविरुद्धको खोप अभियान पुनः सुरु गरिँदैछ ।
पाल्पाको १० वटा पालिकामध्ये ६ वटा पालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले) पहिलो दल बनेको छ ।
मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिकामा स्थानीय तहे निर्वाचनमा प्रतिस्पर्धा गरेका नेकपा (एमाले) बाहेकका अन्य दलले मतगणना बहिष्कार गरेका छन् । मतगणनाका लागि तय गरिएको न्युनतम मापदण्ड समेत पालना नगरिएको र गणनामा धाँधली गरेको आरोप लगाउँदै गठबन्धन समेतका सात दल र तीन जना स्वतन्त्र उम्मेदवारले मतगणना बहिष्कार गरेका हुन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७२७ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली काँग्रेसले ३२० पालिका जितेको छ भने नेकपा एमालेले १९८ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ५९ पालिका जितेका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा विजयी उम्मेदवारको चर्चा चलिरहँदा ललितपुरमा पराजित स्वतन्त्र उम्मेदवारको चर्चा पनि कम छैन । दशौं पटकसम्म वडाध्यक्षको जिम्मेवारीमा रहँदै आउनुभएका नरसिंह ब्यञ्जनकारकाे भाग्य जुरेन, याे पटक । तर पनि, स्थानीय निकाय र त्यहाँका जनताको सेवा गर्ने ईच्छा तन र मनमा जिउँदै छ अहिले पनि उहाँमा ।
नेपाल अफ्रिका फिल्म फेस्टिभलको १०औँ संस्करण जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेभएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसनको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न देशका सयभन्दा बढी फिल्म प्राप्त भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताउनुभयो । नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।
शनिबार मतगणना सम्पन्न विराटनगर महानगरपालिकाको नतिजामा विजयी मतको तुलनामा बदर मतको सङ्ख्या धेरै पाइएको छ । मतदाता शिक्षा प्रभावकारी नबन्दा बदर मतको ग्राफ उकालो लागेको हो । घोषित परिणममा प्रमुख पदमा कुल
सर्लाहीको बरहथवा नगरपालिका–१०, मा दलित महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
वैदेशिक रोजगार विभागले मलेसियामा श्रमिक पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई रोजगारदाताबाट प्राप्त आम्दानी र खर्चको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै म्या
बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना अझै पनि अन्यौलनै भएको छ । निर्वाचन आयोगले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने निर्णय गर्न नसक्दा १० दिनपछि पनि मतगणना अझै अन्यौलमै रहेको हो ।
सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ ।
रामेछापका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । रामेछापमा कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको छ । कांग्रेसले नगरप्रमुख र उपप्रमुख एक–एक, दुई गाउँपालिका अध्यक्ष र चार उपाध्यक्ष जित्दै पहिलो पार्टी बनेको हो ।
सुदूरपश्चिम प्रदेशका ८८ तहमध्ये ८४ पालिकाको परिणाम सार्वजनिक भएको छ । कञ्चनपुरको भीमदत्त, पुनर्बास नगरपालिका र अछामको साँफेबगर नगरपालिकाको मत गणना जारी छ । बाजुराको बूढीगङ्गा नगरपालिकाको मत गणना गर्ने कि नगर्ने भन्नेमा विवाद रहेको छ । नेपाली कांग्रेसले बूढीगङ्गाका केही बुथ नेकपा (एमाले) ले कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको छ । यद्यपि, नेकपा (एमाले) ले वैशाख ३० गतेको मतदान स्वीकार गर्दै मतगणनाको माग राख्दै आएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले एकअर्कालाई बूढीगङ्गामा बुथकब्जाको आरोप लगाउँदा अन्योल सिर्जना भएको छ । निर्वाचन आयोगले सो बुथको निर्वाचन बदर भने पनि पुनः मतदानको मिति तोकेको छैन ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका प्रेरणादायी कथाहरू समेटिएको पुस्तक ‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ प्रकाशित भएको छ । समाजमा आफ्नो पहिचान स्थापित गर्न सङ्घर्ष गर्दै अगाडि बढेका समुदायका वास्तविक कथा समेटेर मितिनी नेपालले उक्त प्रेरणादायी पुस्तक पाठकमाझ ल्याएको हो ।