काठमाडौं, जेठ ९ गते । प्रा.डा.उषा ठाकुर र तारानाथ दाहाललाई यो वर्षको 'भद्र घले पदक' प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनबाट गठित 'विश्वनारी नेपाली साहित्य सम्मेलन' र 'सत्यमोहन जोशी शताब्दी महोत्सव'को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा उल्लेखनीय योगदानका लागि पदक प्रदान गरिएको हो।यस्तै, दाहालले त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि योगदान पुर्याउनुभएकोमा यस पदकबाट सम्मान गरिएको हो । भद्र घले पदकको राशि २५ हजार रूपियाँ रहेको छ । जेठ २१ गते त्रिमूर्ति दिवसकाे अवसर पारेर गोविन्दराज विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार, श्रीमती मिथिला शर्मालाई बालकृष्ण सम पुरस्कार, शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कारका साथै ५९ जनालाई सत्यमोहन जोशी शताब्दी पदक र दुई जनालाई भद्र घले पदक प्रदान गरिने बताइएको छ । यसअघि नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, खनूप्रुदे ‘रामबाबू’, शताब्दी पुरुष डा.सत्यमोहन जोशी, हरिहर विरही, डा. मोदनाथ प्रश्रित, प्रा.ठाकुर पराजुली, केके कर्माचार्य, सलोमी लेप्चा तिमोथी र प्रा.डा.गार्गी शर्मालाई 'भद्र घले पदक' बाट सम्मान गरिएको थियो ।
सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिताको पहिलो दिन एमेच्योर गल्फर वानचेन ढोन्डुपले अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा सञ्चालित बर्षको अन्तिम स्पर्धामा सोमबार वानचेनले सात अन्डर ६५ खेल्नुभयो ।
स्थानीय तह निर्वाचनबाट राजविराज नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको सपथग्रहण सम्पन्न भएको छ ।
मधेस प्रदेशस्थित धनुषा जिल्लाको अधिकांश पालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत भएको निर्वाचनमा जिल्लाको १८ वटा पालिकामध्ये १० वटा पालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
महोत्तरी जिल्लामा निर्वाचित भएका पालिका प्रमुखहरुले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृत न्यायाधीश दिपक खरेलले पालिका प्रमुखहरुलाई शपथग्रहण गराउनुभएको हो ।
पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, जेठ ९ गते । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म 'चिसो मान्छे' को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन रहेको छ । दीर्घ खड्काले सम्पादन गर्नुभएको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।कर्णाली क्षेत्रको कथा देखाइएको फिल्मको ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल लगायत स्वस्तिमालाई कर्णाली भेषभुसामा देखाइएको छ ।फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्नुभएको हो । फिल्म असार १ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकामा अव्यवस्थित बसोवासी, सुकुम्बासी दलित, भूमिहीनलाई निर्धारित समयमै लालपुर्जा वितरण गरिने भएको छ ।
जिल्ला अस्पताल उपचार गर्न नसकिने भन्दै बाहिर रेफर गरिएका बिरामीले हवाई टिकट नपाउँदा बिरामी र आफन्तद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुभएको छ ।
जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपबहादुर बस्नेतले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दर्ता गरेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तीन वर्षको अवधीमा एक हजार बढी वेरोजगारले रोजगार पाएका छन् । गाउँपलिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक हजार १६५ जनाले रोजगार पाएका हुन् ।
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समग्रमा निर्वाचन परिणाम सन्तोषजनक रुपमा लिएको बताउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नु हुने भएको छ । संघीय संसद्का महासचिव डा= भरतराज गौतमले सो जानकारी दिनुभएको हो ।
सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपियाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
बाबुराम देवकोटासिन्धुलीमाढी, जेठ ९ गते । सिन्धुली जिल्लामा स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो कार्यभार ग्रहण गर्नुभएको छ ।जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा पालिकाका प्रमुख तथा उपप्रमुखले सोमबार एक समारोहबीच पदबहाली गरी कार्यभार सम्हाल्नुभएको छ । बाँकी दुई पालिका दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले शपथग्रहण गरेकै दिन शुक्रबार पदबहाली गरी कार्यभार सम्हाल्नुभएको छ ।कमलमाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले आफ्नो कार्यभार सम्हाल्नु हुँदै कमलामाई नगरपालिकालाई सबै मिलेर सुन्दर र समुन्नत बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले म र मेरो लागि धेरै ग¥यौँ, अब हामी र हाम्रो भनेर सबैले साथ सहयोग गरेर यो नगरलाई समुन्नत बनाउन लाग्न हार्दिक अनुरोध गर्न चाहन्छु ।’यसअघिको स्थानीय सरकारले गरेको राम्रा कामलाई निरन्तरता दिँदै अझ जनमुखी कार्यक्रम ल्याउने उहाँको भनाइ थियो । सो अवसरमा मेयर पोख्रेलले उपप्रमुख मञ्जु देवकोटालाई पद तथा गोपनीयताको शपथग्रहण गराई पदबहाली गराउनुभएको छ ।बाँकी तीनपाटन, फिक्कल, गोलन्जोर, सुनकोसी, घ्याङलेख, मरिण गाँउपालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुखले पनि सोमबार नै पदबहाली गरी आफ्नो कार्यभार सम्हाल्नुभएको छ । घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले कृषि, रोजगारी, स्वास्थ्य, शिक्षाको कार्यक्रम गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताउनुभयो ।सिन्धुलीको नौ वटा स्थानीय तहमध्ये सात वटा पालिका सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले जित निकालेको छ । नेकपा (एमाले)ले दुई वटा पालिका जित्न सफल भएको छ । सत्तारुढ गठबन्ध कमलामाई नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा जित निकाल्न सफल भएको छ ।त्यस्तै, नेकपा एमालेले सत्तारुढ गठबन्धनका उमेद्वारलाई पराजित गरी फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा जित निकालेको छ । जिल्लाको ७९ वडामध्ये सबैभन्दा बढी वडामा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवारले जित हात पारेका छन् । नेपाली कांग्रेसले ३० वटा, नेकपा माओवादी केन्द्रले २६ वटा र नेकपा एमालेले २३ वडा जित्न सफल भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।