राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन, बजारीकरण र वितरणलाई सुदृढ पार्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन वा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्पmको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको व्यक्ति आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहेमा वैशाख १० गते भित्र प्रक्रिया पु-याई बन्दसूचीबाट नाम हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । समितिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेका लागि सरेको जानकारी दिनुभयो ।
नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्ने भएको छ । यस हप्ता अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइँदैछ ।
काठमाडौँ, वैशाख ९ गते । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच शनिबार राति प्रतिस्पर्धा हुँदैछ । धनगढी रङ्गशालामा हुने फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार धनगढी रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन् । उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले उपाधि जित्नका लागि आफ्नो टोली तयार रहेको बताउनुभयो । ‘पहिलो पटक फर्डलाइटमा खेल्दा केही गाह्रो भइरहेको छ । तर हामी लय गुमाउने पक्षमा छैनौँ । महिला गोल्डपक पहिलो पटक भएको हुँदा यसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पियन बन्न चाहन्छौँ,’ बस्नेतले भन्नुभयो । एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताउनुभयो । ‘लिगमा पनि लगातार जितिरहेका छौँ । नकआउट प्रतियोगिता पनि जित्छौँ ।’ प्रशिक्षक थारुले भन्नुभयो–‘हामीले पुलिसलाई हराउँदै आएका छौँ । फेरि हराएर उपाधि जित्छौं ।’ एपिएफल सेमिफाइनलमा आर्मीलाई ३–२ गोलले हराएको थियो । नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दाबी गरेको छ । लामो समयपछि प्रतियोगिताको फाइनलमा पुगेकोले यस अवसरलाई सदुपयोग गर्ने पुलिसको भनाइ छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले जित्नको लागि खेल्ने बताउनुभयो । ‘हामी जित्नकै लागि खेल्छौँ । सबै जनाले सोही अनुसार तयारी गरेका छौँ,’ कप्तान गुरुङले भन्नुभयो । पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पनि पुलिसको एउटै लक्ष्य उपाधि भएको दाबी गर्नुभयो । ‘धेरै वर्षपछि फाइनल पुगेका छौँ । मैदानमा केही समस्या छ । बललाई चाहे अनुसार खेलाउन गाहे भइरहेको छ । तर पनि खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । नतिजा पुलिसको पक्षमा आउनेमा आशावादी छु,’ जोशीले भन्नुभयो ।पुलिसले सेमिफाइनलमा आयोजक वीवाइसी क्लबलाई ३–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो । गोल्डकपको विजेताले ट्रफीसहित पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ ।
सप्तरीका ८० हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पहिलो चरणमा चैत २६ देखि ३० गतेसम्म ८० हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका हुन् ।
प्रशासनले स्थानीय तह निर्वाचनलाई भयरहित बनाउनका लागि हतियार प्रहरीलाई बुझाउन गत चैत १८ शुक्रवार सुचना जारी गरेपनि हालसम्म कसैले पनि हतियार नबुझाएको प्रशासनले जानकारी दिएको छ ।
खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँको दुधकण्ठ कृषि सहकारी संस्थाका अध्यक्ष रंगमित शाहीले आय आर्जनमा वृद्धि गर्न सहकारीका ३५ जना सदस्यहरु मिलेर सामूहिक तरकारी खेती गरिएको बताउनुुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट ३७ वटा हतियार मात्रै बुझाइएकोे जानकारी दिनुभयो ।
दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्वभमेन्ट) नेपाली सेनाको हेलिकोप्टरले ढुवानी गरिरहेको छ । बुधबार दार्चुला आएको हेलिकोप्टरले व्यास गाउँपालिकाको सदरमुकाम सुन्सेराबाट व्यास गाउँपालिका–२ दुम्लिङमा मेसिनहरु ओसार्ने काम गरिरहेको हो ।
नवीन शिशिरबागलुङ, वैशाख ९ गते । बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस गाउँ पार्टी समितिले वडा अध्यक्षको उम्मेवारको रुपमा गौतमलाई पुनः सिफारिस गरेपछि गौतमले पदबाट राजीनामा दिनुभएको हो । गौतमले नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीमार्फत नगरप्रमुख जनकराज पौडेलललाई राजीनामा बुझाउनुभएको छ । गौतम पार्टीले उम्मेदवारको रुपमा नाम सिफारिस गरेपछि पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जनताको चाहना अनुसार पार्टीले पनि आफूलाई पुन उम्मेदवारीको रुपमा सिफारिस गरेको हुँदा पदिय दायित्वबाट राजिनामा दिएका गौतमले प्रतिक्रिया दिनुभयो । गठबन्धनबाट वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार बन्ने सहमति बनेपछि राजीनामा बुझाउनुभएको हो । विस २०७४ को स्थानीय निर्वाचनमा गौतम नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । बानपा–११ मा नेपाली काँग्रेसको राम्रो जनमत भएको ठाउँ हो । गौतम लामो समय सञ्चारक्षेत्रका कार्यरत हुनुहुन्थ्यो । नगरपालिकाको सबैभन्दा दुर्गम मानिने रायडाडाको थप विकासको लागि दोहोरिने आफू फेरि पनि नेतृत्व लिन तयार भएको गौतमको भनाइ छ । गौतमले पेश गरेको राजिनामा पत्र नगरप्रमुख जनकराज पौडेल समक्ष पेश गरेको योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सागर प्रताप राणालाई सिद्धार्थनगर नगरपालिकाको प्रमुखको उम्मेदवार बनाउने घोषणा गरेको छ । पार्टीको रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका राणालाई प्रमुख बनाउने घोषणा गरेको हो ।
काठमाडौं, वैशाख ९ गते । थिएटर भिलेजको नाटक 'पल्पसा क्याफे' को मञ्चन आजबाट मण्डला थिएटरमा सुरु भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास 'पल्पसा क्याफे' मा आधारित भएर बनाइएको उक्त नाटक मण्डलामा वैशाख २५ सम्म मञ्चन हुनेछ । बिहीबार यसको विशेष प्रदर्शन गरिएको थियो ।सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशनमा बनेको नाटकमा विमल सुवेदी र सृष्टि श्रेष्ठले दृश्य र पल्पसाको भूमिका निर्वाह गर्नुभएकाे छ । 'पल्पसा क्याफे' उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो । दश वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धि कमाएको थियो । सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।नाटकमा सृष्टि र विमलका साथमा दीपेश राई, सङ्गीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारको अभिनय रहनेछ ।
काठमाडौँ, वैशाख ९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा उहाँहरूबीचको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको बताइएकाे छ ।भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझैँ विस्तारका लागि पर्यटन आवागमनलाई थप प्रवर्ध गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।नेपाल र स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ । स्टाेनिया देश उत्तरपश्चिमी युराेपेली देश हाे, जुन शितयुद्धपछि साेभियत सङ्घबाट अलग भएकाे थियाे ।जलविद्युत विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “नेपाल जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र हो । इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु ।” उहाँले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभयो ।त्यस अवसरमा राजदूत किभीले इस्टोनिया ‘साइबर’ सुरक्षामा सबल देश रहेको जानकारी दिनुहुँदै नेपालसँग सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले ‘इ–कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने भन्दै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको बताउनुभयो । नेपाल र इस्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ । स्टाेनिया देश उत्तरपश्चिमी युराेपेली देश हाे, जुन शितयुद्धपछि साेभियत सङ्घबाट अलग भएकाे थियाे ।