नमाज कायम गर्नु रमजानको रोजा राख्नु, जकात निकाल्नु र हज गरेको आधारमा इस्लाम बनेको छ । कोही यी आधारभन्दा बाहिर गएको छ भने ऊ मुसलमान होइन । यसै आधार स्तम्भमध्ये रमजानको रोजा राख्नु तेस्रो आधार स्तम्भ हो ।
नेपालमा मात्र आठ हजारभन्दा अग्ला आठ र छ हजारमाथिका एक हजार ३१० हिमाल छन् । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथादेखि धेरै हिमाल भएका कारण नेपाल सगरमाथा र हिमालयको देश भनेर विश्वमा बढी परिचित छ । प्राकृतिक अनुपम यिनै हिमालको सौन्दर्य अवलोकन गर्न तथा ती हिमालका चुचुरो चुम्ने अभिलासासहित बर्सेनि ५० हजार विदेशी पर्यटक तथा ८० हजार सहयोगी विभिन्न हिमालमा ओहोर–दोहोर गरिरहेका हुन्छन् ।
राष्ट्रिय सभागृहमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पेज लाइफटाइम एचिभमेण्ट अर्वाडबाट सम्मानित भएका छन् । इलोहं प्रकाशनको पेज थ्री पत्रिकाले आयोजना गरेको पेज थ्री पिपल्स च्वाइस अवार्ड समारोहको क्रममा उहाँ सम्मानित हुनुभएको हो ।
लक्की चौधरीकाठमाडौं, वैशाख ९ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सम्बन्धमा आम नागरिकबाट आउने जिज्ञासा र गुनासो सम्बोधनका लागि शुरु गरेको कल सेन्टरमा नागरिकको जिज्ञासा आउनेक्रम बृद्धि भएको छ । जिज्ञासाको सहज समाधान हुने भएपछि नागरिकबाट आयोगको कल सेन्टरमा जिज्ञासा आउनेक्रmममा बृद्धि भएको हो ।कल सेन्टर सुपरभाइजर मधुसुदन पुडासैनीकाअनुसार अहिलेसम्म ३ हजार ३२३ जिज्ञासा आएका छन्, जसमध्ये अधिकांश जिज्ञासाको सम्बोधन भएको आयोगले जनाएको छ । उहाँकाअनुसार चैत १५ गतेदेखि शुरु भएको कल सेन्टरको शुरुवाती दिनमा जिज्ञासा आउनेक्रम बढी भएपनि बीचमा कम भएको थियो । तर पछिल्लो समय पुनः कल सेन्टरमा नागरिकको जिज्ञासाको रफ्तार बढेको उहाँले बताउनुभयो । कल सेन्टरबाट आएको जानकारीअनुसार गत चैत १५ गते ३१२ जिज्ञासा आएका थिए । अहिलेसम्मको सबैभन्दा बढी जिज्ञासा आएको दिन पनि त्यही भएको पुडासैनीको भनाई छ । त्यस्तै बढी जिज्ञासा चैत १६ गते ३०५, चैत १७ गते २५२ वैशाख ८ गते २१६ जिज्ञासा आएका छन् । सोहीअनुसार पछिल्लो समय वैशाख ७ गते १३४, वैशाख ६ गते ११६, वैशाख ५ गते १०६, वैशाख ४ गते ८५, वैशाख ३ गते ६५, वैशाख २ गते ८८ र वैशाख १ गते ५३ जिज्ञासा आएका थिए । कल सेन्टरमा आएको नागरिकको जिज्ञासा सकेसम्म तत्काल सम्बोधन गर्ने गरिएको र केही जिज्ञासा क्रमशः सम्बोधन गर्नेगरिएको पुडासैनीले बताउनुभयो । कल सेन्टरमा आउने जिज्ञासा र त्यसको सम्बोधनले निर्वाचनबारे विभिन्न जानकारी सहजरुपमा प्राप्त गर्नेगरेको नागरिकको भनाई रहेको उहाँले जानकारी दिनुभयो । कल सेन्टरमा आउने जिज्ञासामा निर्वाचन प्रचार प्रसारमा गाडीमा साउण्ड सिष्टम प्रयोग गर्न पाइन्छ कि पाइँदैन ? वाल पोष्टर टास्न पाईने नपाईने ?, निर्वाचनमा उम्मेदवारको चुनाव चिन्ह खुलाएर वाल पोष्टर कति साईजसम्मको टाँस गर्न पाउने ? संविधानमा मेयर–अध्यक्ष र उपमेयर–उपाध्यक्षको राजीनामा मात्रै उल्लेख भएको देखियो । वडा सदस्यको हकमा निजले को समक्ष राजीनामा दिने ? लगायतका जिज्ञासा आउने गरेका छन् । सोहीअनुसार अध्यक्ष र उपाध्यक्ष दुवैले राजीनामा दिंदा कसलाई सम्बोधन गरेर कहाँ राजीनामा बुझाउने ?, वडाध्यक्ष र वडा सदस्यले कसलाई राजीनामा बुझाउने ? उम्मेदवारले चुनाव चिन्ह कहिले पाउँछ ? उम्मेदवारले मनोनयन फिर्ता गर्दा दलको पत्र आवश्यक पर्छ कि पर्दैन ? स्थानीय तहमा कर्मचारी खटाउँदा सम्बन्धित स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट राख्नुपर्नेमा बाहिरबाट ल्याएको पाईयो । यसमा कार्यविधिको व्यवस्था के हो ?, मेयर र उपमेयर पदमा दुवै पुरुष उठाउन मिल्छ कि मिल्दैन ? कतिसम्म भोट ल्याउनेको धरौटी जफत हुन्छ ? लगायतका जिज्ञासा आउनेगरेको कल सेन्टरका प्रतिनिधिहरुले बताउनुभयो ।त्यस्तै, एक जनालाई मात्र मतदान गर्दा मत बदर हुन्छ कि हुँदैन ? वैशाख १७ गते हुने नासुको परीक्षा रोकिन्छ कि रोकिन्न ? उम्मेदवार बन्न के के योग्यता आवश्यक पर्छ ? लागुऔषधको कारोबारमा सजाय भुक्तान भैसकेको व्यक्तिले उम्मेदवार हुन पाउने कि नपाउने ? मतदाता परिचयपत्रको आधारको रुपमा रहने नागरिकता वा राष्ट्रिय परिचयपत्र भएको मतदाताले यसैको आधारमा मत हाल्न पाईने हो कि होईन ? कुनै पनि उम्मेदवार र पार्टी मन नपरेको अवस्थामा मतदाताले कसरी मतदान गर्ने ? लगायतका जिज्ञासा आउने गरेको पुडासैनीले जानकारी दिनुभयो । निर्वाचन आयोगमा ११०२ मा निःशुल्क कल गर्ने व्यवस्था गरिएको छ ।
नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख ९ गते । निर्वाचन आयोगले प्रक्रियाअनुसार अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट र हेरफेर गर्न नसकिने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ती जारी गर्दै सो कुरा प्रष्ट पारेको हो । आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”मतदाता नामावली संकलन कार्य स्थगन भएपछि आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भई गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको थियो । आयोगकाअनुसार अनलाइनबाट समेत निवेदन दिने सुविधा प्रदान गरिएको थियो । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात आयोगबाट गत चैत १३ गते दोहोरो नामावली हटाउने लगायतका प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता पौडेलले प्रष्ट पार्नुभएको छ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगद्वारा गत चैत १३ गते प्रकाशन गरिएको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन परेमा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि गर्न सकिने आयोगले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले पदबाट राजीनामा दिनु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन सरावगीले सो पदबाट राजीनामा दिनुभएको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठलाई मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिति अध्ययन समितिले शुक्रबार अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ ।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पार्टीले टिकट दिने पक्का भएपछि उम्मेदवारी दिन जनप्रतिनिधिहरुले राजीनामा दिन थाल्नुभएको हो । जिल्लाका दुई पालिका अध्यक्ष, वडाअध्यक्षसहितका सदस्यहरुले राजीनामा दिनुभएको छ ।
सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ ।
पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो ।
अछाम जिल्लाको ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदले ३९ वर्षको उमेरमा एसइइ परीक्षा दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराउनु भएको थियो ।
अमृतप्रसाद पौडेलम्याग्दी, बैशाख ९ गते । हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगमा रहेका ज्येष्ठ नगारिकले परिवारका सदस्यबाट हेला तथा यातनाको शिकार भएको भएपनि आफूहरु बोल्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजामा आज याँ भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले त्यस्तो बताउनुभयो । ज्येष्ठ नगारिकको अधिकार सम्बन्धमा स्थानीय सरकारका नीति योजना, कार्यक्रम र बजेट कायान्वयन अवस्थाबारे सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सहभागी ज्येष्ठ नगारिकले आफ्नो गुनासो राख्नुभयो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म भएको कार्यक्रममा मानवअधिकार आयोगका अधिकृत कल्पना नेपालको नेतृत्वको टोलीले ज्येष्ठ नागरिकको विषयमा स्थलगत अध्ययन गरेको थियो ।स्थलगत छलफलको क्रममा रघुगंगा गाउँपालिका–३ मौवाफाँट क्षेत्रमा ज्येष्ठ नागरिकले आफूलाई भएको पीडा, परिवारले गरेको व्यवहार सहन नसक्नेखालको भए पनि पुनः त्यही स्थानमा बस्नु पर्ने बाध्यता रहेको उहाँहरुको गुनासो छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेद्र केसीले ज्येष्ठ नागरिकको सवालमा समाजमा जागरण गरिनु पर्ने बताउनुभयो । आफैमा परिवर्तन नभएसम्म कुनै पनि हालतमा बाबाआमाको सम्मान र उचित हेरचाहमा परिवार लाग्ने केसीको भनाई छ । जिल्ला न्यायाधीश तेजनारायण पौडेलले ज्येष्ठ नागरिकको पीडा परिवारसँगै जोडिएकाले बाहिर नआउने गरेको बताउनुभयो । न्यायाधीश पौडेलले परिवारसँगै बिबाद हुने भएकाले त्यस्ता समस्याहरु ज्येष्ठ नागरिकले नै बाहिर ल्याउन नचाहेको बताउनुभयो ।बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बेनी नगरपालिका क्षेत्रमा ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको बताउनुभयो । स्वास्थ्य परीक्षणका लागि उचित समन्वय गर्नुका साथै सम्मान एवम् मौसमअनुसार न्यानो कपडा वितरण गर्ने गरेको उहाँले बताउनुभयो ।राष्ट्रिय मानवअधिकार आयोगकी अधिकृत कल्पना नेपालले ज्येष्ठ नागरिकको उचित हेरचाहमा कमि आएको बताउनुभयो । अधिकृत नेपालले नेपालको संविधानको धारा १६ मा उल्लेख भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट ज्येष्ठ नगारिक बञ्चित भएको स्थलगत अध्ययनबाट देखिएको बताउनुभयो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा, रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगाना, प्रहरी निरीक्षक सन्तोष पौडेल इन्सेक प्रतिनिधि अमृत बास्कुने, स्वास्थ्य कार्यालय, स्वास्थ्य बिमा बोर्ड, बेनी अस्पताल लगायतका सरोकारवाला निकायका प्रमुख प्रतिनिधि एवम् ज्येष्ठ नागरिकको उपस्थिति थियो ।
चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा फेरि उम्मेदवारी दिन दाहालले शुक्रबार राजीनामा दिनुभएको हो ।