• १६ भदौ २०८१, आइतबार

फर्कियो जजिराको विमान

blog

भैरहवा समाचारदाता

भैरहवा, जेठ १० गते । अवतरणको क्रममा चरासँग ठोक्किएका कारण समयमै उडान गर्न नसकेको जजिरा एयरको विमान सोमबार अपराह्न ५ः१५ बजे फर्किएको छ । कुवेतबाट आएको सो जहाज बिहान पौने २ बजे भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको आशङ्का गरिएको थियो ।

काठमाडौँबाट आएको प्राविधिक टोलीले परीक्षण गरेर सबै ठीक रहेको प्रतिवेदन दिएपछि विमान कतार फर्किएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । “विमान चरासँग ठोक्किएको हो तर विमान र यसको इन्जिनमा कुनै प्रकारको नोक्सानी नभएको हुँदा उडान भर्न योग्य रहेको रिपोर्ट आएपछि विमानले उडान भरेको छ,” महाप्रबन्धक दाहालले भन्नुभयो । 

विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्ससँग चरा ठोकिएको थियो । विमानमा कुनै क्षति नदेखिए पनि विमानको अग्रभाग (नोज) र इन्जिन नजिक रगत देखिएको थियो । चराको अवशेष कतै नपाउँदा चरा इन्जिनमा पसेको आशङ्कामा प्राविधिकबाट जाँच गराइएको थियो । विमानले ५० जना यात्रु लिएर कुवेत फिर्ता गएको छ ।