वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले हामीले पूजा गर्ने ठाउँ बाग्मती खोला सांस्कृतिक ठाउँ भए पनि प्लास्टिक प्रदूषणका कारण नदीको मूल्य घटेको बताउनु भएको छ ।
छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिष्णुकुमार भामले आफ्नो पाँच वर्षे कार्यकाल अवधीभर राज्यबाट प्राप्त हुने आर्थिक सेवा सुविधा नलिने घोषणा गर्नु भएकोछ ।
काठमाडौं, जेठ १० गते । संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठमा नीति तथा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले टेबुल गर्नुभएको थियो । नीति तथा कार्यक्रम टेबुल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई दिँदै मंगलबारको प्रतिनिधिसभा बैठक सम्पन्न भएको हो । अर्को बैठक जेठ १२ गते बिहीबार विहान ११ बजे बस्नेछ ।
नेपाल सरकारले सातवटै प्रदेशमा सुविधासम्पन्न दशरथ रंगशाला निर्माण गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा खेलकुदतर्फ सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने उल्लेख गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिँदै लगिने बताउनुभएको छ । मङ्गलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस वर्षको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकांक्षालाई पूर्णरुपमा आत्मसात् गरेको बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नीति कार्यक्रम प्रस्तुत गर्नका लागि संसद्को संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको थियो।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन निरज तामाङ शीर्षस्थानमा उक्लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मंगलबार निरजले आठ अन्डर ६४ स्कोर खेल्नुभयो । ३६ होलको समाप्तिसँगै निरजको कूल १२ अन्डर एक सय ३२ स्कोर छ ।
सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाउने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा देशभरका आठ सय किलोमिटर सडक निर्माण र २५७ किलोमिटर सडक स्तरोन्नति गरिने बताउनुभएको छ ।
ताप्लेजुङमा यसपटक वडाध्यक्षमा महिला शून्य भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासी अत्यन्तै न्यून भएपछि कोही पनि निर्वाचित नभएकाले महिला शून्य भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरमा रहेका सामुदायिक स्वास्थ्य संस्था र माध्यमिक तहका सामुदायिक विद्यालयलाई इन्टरनेटमा ५० प्रतिशत छुट गरिने बताउनुभएको छ ।
अर्जुनचौपारी गाउँपालिका–१ का ९२ वर्षीय छबीलाल अर्यालले गाउँपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।
नमराज सुबेदीनुवाकोट, जेठ १० गते । रसुवाको नौकुण्ड गाउँपालिकाका २९ वर्षीय सञ्जन घलेले सगरमाथा हिमालको सफल आरोहण गर्नुभएको छ । उहाँले गत वैैशाख ३० गते हिमालको आरोहण गर्नुभएको हो । रसुवाको नौकुण्ड गाँउपालिकाबाट सगरमाथा आरोहण गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले यसअघि पाँच वटा हिमालको आरोहण गरिसक्नुभएको छ । सुरुमा २०२० मा ६८९९ मिटरको लुबुला आरोहण गर्नुभएको घलेले अहिलेसम्म छ वटा हिमालको आरोहण गरिसकेको जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न घर परिवारको पहिचान गरी राष्ट्रिय परिचय पत्र प्रदान गरिने बताउनु भएको छ । उहाँले आगामी वर्ष ९० किलोमिटर तटबन्धन निर्माण गरिने बताउनुभयो । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउने तयारी गरेको छ ।