• १२ साउन २०८१, शनिबार

७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने

blog

काठमाडौं, जेठ १० गते । सङ्घीय संसद्को संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा देशभरका आठ सय किलोमिटर सडक निर्माण र २५७ किलोमिटर सडक स्तरोन्नति गरिने बताउनुभएको छ ।

उहाँले सरकारी तथा निजी क्षेत्रबाट प्रवर्धित जलविद्युत् आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्ष ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताउनुभयो ।

यसैगरी, हुम्लालाई आगामी वर्ष राष्ट्रिय सडक मार्गसँग जोडिने छ । त्रिभुवन राजमार्ग र अन्य राजमार्गमा सुरुग मार्ग र फ्लाई ओभरका काम गर्नुका साथै सिद्धबावा सुरुङमार्गको निर्माण सुरु गरिनेछ ।

काठमाडौं महानगरमा मेट्रो रेलको विस्तृत अध्ययन गरिने, आगामी वर्ष तीन सय सडकमा पुल निर्माण गरिनुका साथै दोधारा र चाँधनी जोड्न चार लेनको पुल निर्माण गरिने छ ।

जोखिममा रहेका बस्ती र विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने छ ।

पुष्पलाल मध्य पहाडी राजमार्गको कार्य द्रुतरुपमा सम्पन्न गर्ने तथा चन्द्रनिगाहपुर गौर सडक चार लेनमा स्तरोन्नतिलगायत सडक स्तरोन्नतिको कार्य दू्रत अघि अघि बढाइने छ ।

मदन भण्डारी राजमार्ग निर्माण प्रक्रियामा रहेका बाँकी काम सम्पन्न गरिने छ । सिस्नेखोलादेखि नागढुङ्गासम्मको मुख्य सुरुङको काम सुरु गरिने छ । थप तीन सय सडक, पुलको निर्माण कार्य सम्पन्न गरिने छ ।

विराटनगर सुख्खा बन्दरगाहसम्म कार्गो रेलको कार्य सम्पन्न गरिने छ ।

सिंहदरबारलाई सुन्दर र स्तरीय बनाइने संघीय संसद् सचिवालय सिंहदरबारलाई सुन्दर र स्तरीय बनाइने छ । सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन वातावरणमैत्री वृहत्तर बस परिवहन प्रणालीलाई प्रोत्साहन गरिने छ ।

काठमाडौंं उपत्यकाको एकीकृत गुरु योजना तयार गरिनुका साथै उपत्यका भित्र पहिचान गरिएका स्थानलाई नयाँ शहरको रुपमा विकास गरिने छ ।

काठमाडौं उपत्यकाका सडकलाई पैदलयात्रीमय बनाउनका लागि फुटपाथलाई विस्तार गरिने छ ।

खानेपानीका लागि एक घर एक घाराको व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी, काठमाडौं उपत्याकाको जलाधारलाई संरक्षण गरी जलाधारको थप पहिचान गरिने छ ।

काठमाडौं उपत्यकाभित्रका जलाधार संरक्षण गर्दै खानेपानी उपलब्धतालाई सुनिश्चित गर्न थप स्रोतको अध्ययन गरिने छ । सबै स्थानीय तहमा विद्युतीकरण आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण र आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने सरकारको योजनामा समावेश छ ।

यसैगरी, बूढीगण्डकी जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीमा निर्माण गरिने छ । सरकारी तथा निजी क्षेत्रबाट प्रवर्धित जलविद्युत् आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्ष ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ्ग स्टेसनहरु स्थापना गरिने र आफ्नै स्याटलाइट स्थापान गर्ने प्रक्रिया अगाडि बढाइने ।

विद्युतीय प्रणालीमार्फत आगामी वर्षदेखि नेपाल सरकारको कार्यलाई एकीकृत प्रणालीमा ल्याई कागजको कम प्रयोग गरिने छ ।