७५३ स्थानीय तहमध्ये आठ पालिका बाहेक सबै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२५ पालिका जितेको छ भने नेकपा एमालेले २०३ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।
सिराज खान नेपालगञ्ज, जेठ ११ गते । बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा बुधवार बिहान शौचालयमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर हिरासतको शाैचालयमा झुण्डिएर मृत अवस्थामा बुधवार बिहान फेला परेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बुधबार बिहान करिब ५ बजे कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले हिरासत कक्षबाट बिहानै शौचालय गएका कुँवर शौचालयको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्यु भएको अवस्थामा भेटिएको बताउनुभयो । डीएसपी मल्लका अनुसार मृतक कुँवरलाई प्रहरीले गत वैशाख १९ गते ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको जबरजस्ती करणी उद्योगको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।प्रहरीले स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको मल्लले जानकारी दिनुभयो । एक हप्ता अघि पनि नरैनापुर गाउँपालिकाको इलाका प्रहरी कार्यालय भगवानपुरमा पनि प्रहरी नियन्त्रणमा रहेका जबरजस्ती करणीको अभियोग लागेका ३५ वर्षीय रामपाल यादवको प्रहरी हिरासतमै उपचारको क्रममा मृत्यु भएको थियो ।यादवको मृत्यु सहज नभई यातनाबाट भएको भन्दै उहाँका आफन्त र परिवारले आन्दोलन गरेका थिए । पछिल्लो समयमा आएर देशका विभिन्न ठाउँमा प्रहरी हिरासतमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
पाल्पाका किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पु-याएको छ । जिल्लाको रामपुर, गेझा, कसेनी माडी क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढेको हो ।
तीन वटा गाउँपालिका रहेको रुकुम पूर्वमा सबै गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाएको छ । जिल्लाको सिस्ने गाउँपालिकामा १६, भूमे गाउँपालिकामा १७ र पुथा उत्तरगंगा गाउँपालिकामा २२ सदस्यीय कार्यपालिका बनेको हो ।
काठमाडाैं, जेठ ११ गते । वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे मत परिणामअनुसार छ वटा महानगरमध्ये पाँचवटाकाे नतिजा सार्वजनिक भएकाे छ । सङ्घीय राजधानीकाे काठमाडाैं महानगरकाे मत परिणामबाहके सबै पाँचवटै महानगरकाे नतिजा सार्वजनिक भएकाे छ । साे नतिजामा सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस दुई, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)काे एक/एक वटा महानगरमा विजयी भएकाे हाे ।प्रदेश नं . १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला ३० हजार १७० मतसहित विजयी हुनुभयो । कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ म प्राप्त गर्नुभयो ।निर्वाचन आयोगका अनुसार सो महानगरकाे उपप्रमुखमा एमालेका शिल्पा कार्की २५ हजार ६८० मतसहित विजय हुनुभयो भने जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याउनुभयो ।मधेश प्रदेश अन्तर्गत पर्साको वीरगञ्ज महानगर प्रमुखमा जसपाका राजेशमान सिंह ४६ हजार २१५ मतसहित विजयी हुनुभयो । सिंहका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो । सो महानगरको उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम ३० हजार ७८ मतसहित विजयी हुनुभयो । बागमती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ४२ हजार ७२२ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत ल्याउनुभयो । महानगर उपप्रमुखमा एमालेकी मन्जली शाक्यले २५ हजार ८४ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८ हजार ५५२ मत प्राप्त गर्नुभयो ।चितवनको भरतपुर महानगर प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल ५२ हजार २८ मतसहित विजयी हुनुभयो । दाहालका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत ल्याउनुभयो । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी हुनुभयो । अधिकारीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङले ३० हजार ६११ मत प्राप्त गर्नुभयो ।गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ५८ हजार ८९३ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।काठमाडौं महानगरपालिको भने मतगणना अझै जारी छ । काठमाडौं निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो मतपरिणाम अनुसार एक लाख ६६ हजार ३१३ मतगणना हुँदासम्म महानगरप्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार २१३ मत ल्याउनुभएको छ । कांग्रेसका सिर्जना सिंहको ३४ हजार १८० र एमालेका केशव स्थापितको ३३ हजार ९०४ मत छ । काठमाडौं महानगरको ३२ वडामध्ये २७ वटा वडाको मतपरिणाम घोषणा भइसकेको छ भने अहिले वडा नं. १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना कार्य जारी छ । काठमाडौं महानगरको बिहीबार दिउँसोसम्ममा मतगणना सम्पन्न हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेट गर्नुभएको छ ।
बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आएपनि विद्यार्थी भने पाठ्यपुस्तकको पर्खाइमै बसेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चानमा आएका भएपनि समयमै किताब नआइपुगेकोले विद्यार्थीहरु पर्खाइमा बसेका हुन् ।
भरतपुर महानगरपालिकामा दोस्रो पटक प्रमुखको पदभार ग्रहण गर्नुभएका रेनु दाहालले पहिलो निर्णयमा महानगरमा जन्मने छोरीको निःशुल्क जीवन वीमा र खानेपानी निशुल्क गर्ने निर्णय गर्नुभएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सञ्जय काफ्लेले चन्द्रनिगाहपुरको अस्तव्यस्त सरकारी अस्पताल व्यवस्थित बनाउने पहिलो निर्णय गर्नुभएको छ ।
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ ११ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खांणले अग्रता कायम राख्नुभएको छ । अब करिब १३ हजार मत गन्न बाँकी छ । अहिले वडा नं ६, ७, १० र ११ को मतगणना जारी छ । गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक हुँदा खाँण ९८५ मतान्तरले अगाडि हुनुहुन्छ । खाँणले १९ हजार ४७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ४८७ मतका साथ पछ्याउनुभएको छ ।उपप्रमुखमा एमाले उम्मेदवार जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ ।१७ वडामध्ये तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३, ४, ५, १२, १३, १५, १६ र १७ नं वडाको अन्तिम परिणाम आइसकेको छ । यीमध्ये वडा नं १, ४, १२ र १५ मा नेकपा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भैसक्नुभएको छ ।२०७४ को चुनावमा तिलोत्तमामा एमालेले प्रमुख–उपप्रमुखसहित १४ वडा जितेको थियो ।
पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका धरमपुर सडकखण्डमा बुधबार बिहान साढे ७ बजे यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जिवन खरेलले स्वास्थ्यका सामग्रीसहित स्वास्थ्यकर्मीहरु बस्तीबस्तीमा जाने बताउनुभएको छ ।
धरान उपमहानगरपालिकाको वडा नं १४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको ताँजाकोट गाउँ कार्यपालिकाका सदस्य निर्विरोध हुनुुभएको छ भने सर्केगार्ड गाउँपालिकामा निर्वाचित हुनुुभएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएका नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रको धारणा :