भरतपुर महानगरपालिकामा स्वतन्त्रसहित साना दलबाट सातजनाले प्रमुख पदमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
नवीन शिशिर विकबागलुङ, वैशाख ११ गते । स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलहरुले दशवटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएनन् । उम्मेदवार टुंगो नलागेपछि नेकपा (एमाले) र सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी दर्ता नगराएका हुन । आईतबार केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसानजस्तै भएको सो कार्यालयका अधिकारीहरुको भनाई छ । उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिनुभयो ।सत्तागठबन्धनले भागबण्डा टुङ्ग्याउन सकेको छैन । नेकपा (एमाले) ले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुंगो लगाउन नसक्दा मनोनयन रोकिएको छ । सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालेले उम्मेदवारी दर्ता गरेको छैन ।सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले सर्वसम्मत उम्मेदवार टुंगो लागेको मात्र स्थानीय तहमा एमालले उम्मेदवारी दर्ता गरेको छ । पहिलो दिन जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोकाय, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश १ का दुई जना प्रदेशसभा सदस्यहरुले आइतबार पदबाट राजीनामा दिनुभएको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिनुभएको छ ।
नेपालको वनक्षेत्र वृद्धि भएको छ । पछिल्ला दिनमा संरक्षणका कामहरु प्रभावकारी रूपमा सञ्चालन भएपछि नेपालमा वनजङ्गलले ढाकेको क्षेत्रफल बढेको छ । झण्डै दुई दशकको अवधिमा नेपालले दुई लाख ५१ हजार हेक्टर वन क्षेत्र बढाउन सफल भएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनबाट यो तथ्याङ्क सार्वजनिक भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालले लालकिशोर साहलाई उम्मेदवार बनाएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
नेकपा एमालेबाट पोखराको उपप्रमुखमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गर्नुभएको छ । पार्टीले नसोधी उपप्रमुखको उम्मेदवार बनाएको भन्दै उहाँले उम्मेदवारी बन्न अस्वीकार गर्नुभएको हो ।
नेपाली काँग्रेस ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । काँग्रेसले एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख–उपप्रमुख पदको उम्मेदारहरुको नाम टुङ्ग्याएको हो ।
राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँच जना विरुद्ध ३६ करोड रुपियाँ माग दावी सहित मुद्धा दर्ता गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मुल्य अभिबृद्धि कर विजक खरिद गरी राजस्व चुवाहट गरेको भन्दै विभागले मुद्धा दर्ता गरेको जनाएको छ ।
ललितपुर महानगरपालिका–१० का नरसिंह व्यञ्जनकारले ११ औँ पटक उम्मेदवारी दर्ता गर्नुभएको छ । दशौँ पटकसम्म चुनाव जित्नुभएको व्यञ्जनकारले आइतबार वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
भक्तपुर, वैशाख ११ गते । भक्तपुर नगरपालिकाको नगरप्रमुखको लागि देकोनिभा ईततापाको जग्गा एकीकरण पीडित संघर्ष समितिले आफ्नो उम्मेदवार मनोनयन दर्ता गरेको छ । नगरप्रमुखमा सो समितिको तर्फबाट सत्यराम त्वायनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।यस्तै सो समितिले भक्तपुर नगरपालिको वडा नम्बर २ मा शन्तज्ञान याकमी र वडा नम्बर ६ मा रामकृष्ण कुम्पाखले वडाध्यक्ष पदको लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
लिलाधर वली घोराही, वैशाख, ११ गते । वैशाख ३० गते हुन थालेको स्थानीय तह निर्वाचनका लागि दाङमा उम्मेदवारी दर्ता सुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाहरुमा वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ताको काम सुरु भएको हो । जस अनुसार घोराही उपमहानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारका रुपमा मालेबाट नेत्रप्रकाश पाण्डेय र उपमेयरमा राधिका क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताका लागि दिएको समय अनुसार मुख्य निर्वाचनअधिकृतको कार्यालय पुगेर पाण्डेय र क्षेत्रीले ११ बजे तिर उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरुलाई मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उम्मेदवारी दर्ताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उम्मेदवारी दर्ता गराएसँगै पाण्डेय र क्षेत्री घोराही उपमहानगरपालिकामा मेयर÷उपप्रमुखका लागि उम्मेदवारी दर्ता गराउने पहिलो मेयर र उपमेयरको उम्मेदवार भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालिका–१२ निवासी मेयरका उम्मेदवार पाण्डेयको प्रस्तावका गोबिन्द केके र समर्थकमा शोभा पाण्डे रहनुभएको छ भने वडा नं. १७ निवासी उपमेयरका उम्मेदवार क्षेत्रीको प्रस्तावमा निर्मलादेवी केसी र समर्थकमा गोविन्द केके रहनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाण्डेय २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि घोराही उपमहानगरपालिकाको मेयर उम्मेदवारी दिनुभएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि उपलव्ध गराएको दुई दिनको समय अनुसार जिल्लामा पहिलो दिन साना दललाई उम्मेदवार दर्ताको समय दिएको छ । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस पार्टी, नेकपा एमाले पार्टी, नेकपा माओवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई उम्मेदवारी दर्ताका लागि बैशाख १२ गते दोश्रो दिन समय निर्धारण गरिएको छ । जस अनुसार जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिकाहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, एक सय वडाहरुमा वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ता गराउने काम भैरहेको छ । निर्वाचनका लागि साना दलहरुले उम्मेदवार तयार गरेपनि प्रमुख दलहरुले केही स्थानीय तहहरुमा अझैसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् ।
गुल्मी नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिका प्रमुखमा खिलध्वज पन्थीलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपामा पनि झापामा गठबन्धनको चुनावी तालमेलमा सहभागी बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नगर प्रमुखको उम्मेद्वार सहित दुई वटा वडाध्यक्ष पाउनुपर्ने शर्तसहित तालमेलमा सहभागी भएको हो ।
नेकपा एमालेले ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदारहरुको नामावालीमध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवारको टुंगो लगाएको हो ।