• १२ असार २०८१, बुधबार

डोटीले गुमायो समाजसेवी पन्त : प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

blog

केशवचन्द्र महरा
दिपायल, जेठ ११ गते ।
समाज सेवी हरिप्रसाद पन्तको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीस्थित नोभा हस्पिटलमा उपचार गराइरहेका पन्तको मङ्गलबार साँझ उपचारका क्रममा निधन भएको हो ।

नेपाली काँग्रेसकाा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पन्तको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तिको गुमाएको उल्लेख गर्दैै प्रधानमन्त्रीले देउवाले पन्तप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

स्व. पन्तको बुधबार कैलालीस्थित गोदावरीघाटमा हिन्दु परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ ।

नेपाली कांग्रेस ज्येष्ठ  राजनीतिज्ञ परिषद् सदस्यसमेत रहेका पन्तको पार्थिव शरीरमा कांग्रेस प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

सभापति बलायरले शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय समाजसेवी पन्त पार्टीका लागि पनि आदर्श व्यक्ति रहेको बताउँदै उहाँको निधनले अपूरणीय क्षति पुगेको बताउनुभयो ।

शिखर नगरपालिका–९ स्थायी घर भएका स्व. पन्त दर्जन बढी संघ संस्थामा आबद्ध रहनुभएको थियो । २००२ मा जन्मिनु भएकापन्तले आफ्न्नो जीवनकाल सामाजिक क्षेत्रमै बिताउनुभएको थियो ।

उहाँले २०३२ सालमा परोपकार दान विभाग नामक सामाजिक संस्थाको स्थापना गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्ययन गरेको सीताराम मावि उच्चाकोटको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर स्व. पन्तले काम गर्नुभएको थियो ।