• १ असार २०८१, शुक्रबार

माओवादी केन्द्रले जननिर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने

blog

फाइल तस्बिर

काठमाडौं, जेठ ११ गते। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनमा जननिर्वाचित प्रतिनिधिसहित प्रशिक्षण गर्ने निर्णय गरेको छ। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीले सो निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो।

“जेठ १८ र १९ गते पार्टीको गाइडलाइन सम्बन्धि कार्यशाला गोष्ठि हुन्छ। यसमा नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहभागी हुनुहुनेछ”, प्रशिक्षणमा पार्टीका जिल्ला समन्वयका प्रमुख, उपप्रमुख, प्रदेश कमिटीका अध्यक्षहरु, पूर्व स्थायी समिति सदस्यहरु पनि सहभागी हुनुहुने उहाँले बताउनुभयो।

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनका करिब एक सय २१ को संख्यमा केही उपप्रमुखको संख्या बढ्ने बताउनुहुदै उहाँले सबै गरी जम्मा २५० देखि तीन सयको संख्यामा सहभागीता रहने बताउनुभयो।

सो कार्यशाला एवम् प्रशिक्षण काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा गरिने छलफल भइरहेको उहाँको भनाइ छ।