धीरज दाहालविराटनगर, वैशाख १२ गते । स्थानीय तह निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगरमा राजनीतिक चहलपहल बढेको छ । मुख्य राजनीतिक दलहरुका उम्मेदवारहरुले आज उमेदवारी मनोनयन दर्ता गर्ने भएकाले पनि विराटनगरका बिभिन्न चोकहरुमा राजनीतिक दलहरुका कार्यकर्ताहरुको भिडभाड बढ्न थालेको छ ।उम्मेदवारी दर्ताको पहिलो दिन विराटनगरमा बिशेषतः स्वतन्त्र उम्मेदवार र साना राजनीतिक दलहरुबाट उम्मेदवारी दर्ता भएको थियो । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार महानगर प्रमुखमा ३ जना सहित ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कार्यालयले दिएको जानकारीअनुसार महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारहरु उमेश यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी जनमत पार्टीकातर्फबाट अरुणकुमार मण्डलले समेत महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी वडाध्यक्षमा १८ र वडा सदस्यमा ३६ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।आसन्न स्थानीयतहको निर्वाचनका लागि विराटनगर महानगरपालिकामा मुख्य दलहरुबाट उम्मेदवार छान्न सकस परेकाले पनि नेपाली काँग्रेस, नेकपा एमाले लगायतका ठूला दलहरुबाट उम्मेदवारी दर्ता हुन सकेको छैन । एमालेले बिराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले प्रमुख पदमा यो समाचार तयार पार्दासम्म कुनै पनि नाममा निर्णय गरिसकेको छैन । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालयले तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारी मनोनयन दर्ता गराउनेछ ।
शिवराज ढुङ्गाना अछाम, वैशाख १२ गते । स्थानीय तहको निर्वाचन–२०७९ मा अछाममा दुई महिला नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दर्ता गराउने भएका छन् । नेकपा (एमाले) बाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवर र नेपाली काँग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउने उम्मेद्वार बन्ने हुनुभएको छ ।चलाउने पञ्चदेवल विनायक नगरपालिकामा हाल उपप्रमुख र नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री हुनुहुन्छ । कुँवर नेकपा (एमाले) जिल्ला सदस्यमा क्रियाशील हुनुहुन्छ । दुई पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारीको नामावली सार्वजनिक गरेसँगै दुई महिला मेयरमा उम्मेद्वारी चर्चा चल्न थालेको छ । यस्तै नेकपा (एमाले) अछामले चौरपाटी गाउँपालिकामा दलिततर्फबाट प्रतिनिधित्व हुने गरेर उम्मेद्वारी दर्ता गरिने एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । चौरपाटी गाउँपालिकामा एमाले जिल्ला सदस्य रामबहादुर आउजी अध्यक्षमा चुनाव लड्ने बताइएको छ । अन्य स्थानीय तहमा अधिकांशमा महिला उपप्रमुख÷उपाध्यक्षमा चुनाव लडाउने राजनीतिक दलको तयारी छ ।
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध सङ्ग्रहको विमोचन भएको छ । प्राज्ञ तथा नाटककार अशेष मल्लले विमोचन गर्नुभएको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रूपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो, नाटककार मल्लले भन्नुभयो ।’
नेकपा (एमाले) ले विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारीको नामवली टुंगो लगाएको छ । आइतबार अवेरसम्म बसेको बैठकले प्रमुखमा सागर थापा र उपप्रमुखमा सिल्पा निराला कार्कीको नाम टुंगो लगाएको नेकपा (एमाले) का सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो ।
लक्ष्मण पौडेलभैरहवा, वैशाख १२ गते । लुम्बिनी विकासको गुरुयोजना अब पूरा हुने दिशातर्फ अगाडि बढेको छ । स्रोत व्यवस्थापन भएकाले अबको दुई वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने लुम्बिनी विकास कोषको दाबी छ ।कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले भन्नुभयो, “नेपाल सरकारले दुई वर्षमा गुरुयोजना सम्पन्न गर्ने भनेर आर्थिक स्रोत सुनिश्चित गरिसकेको छ, गएको आर्थिक वर्षबाट तीव्रताका साथ बाँकी काम भइरहेका छन् । यो आर्थिक वर्षमा झन्डै चार अर्बको काम गरिरहेका छौँ ।” गुरुयोजनाअनुसारको संरचना निर्माण दुई वर्षमा सम्पन्न गर्न ठेक्का प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।गुरुयोजनामा उल्लेख भएअनुसार अहिलेसम्म लुम्बिनीको सुरक्षालाई ख्याल गरी १६ किलोमिटरको सुरक्षा पर्खाल, केन्द्रीय नहर निर्माण, पवित्र क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोखरी निर्माणका काम सम्पन्न भइसकेका छन् । यसैगरी शौचालय निर्माण, विद्युतीकरण, पैदलयात्री हिँड्ने बाटो, भित्री बाटो कालोपत्रे, विभिन्न विहार निर्माण, विभिन्न महŒवपूर्ण भवन, ढल निकास, प्रशासनिक भवन, सूचना केन्द्र, सङ्ग्रहालय, पुस्तकालय, सङ्ग्रहालय, मायादेवी वरिपरि पोखरी निर्माण, १४ लाख लिटर क्षमताका दुईवटा पानी ट्याङ्की निर्माण, सीसीक्यामरा जडान, कोषको भवन, आवासगृह निर्माणलगायतका संरचनाको काम पूरा भएको कोषले जनाएको छ ।लुम्बिनी विकास कोषका अनुसार जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेको गुरुयोजनाबमोजिम अब मुख्य छवटा ठूला काम बाँकी रहेका छन् । डोम आकारका छवटा भवनसहितको संरचना, सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापन र ढल निकास, नाली व्यवस्थापन, बाढी व्यवस्थापनका लागि पाँच/छवटा जलाशय, हरियाली र पार्कसहितको सडकको विस्तारका काम सकिएपछि गुरुयोजना सम्पन्न हुनेछ । फोहोरमैला व्यवस्थापन, दुईवटा खोलाको व्यवस्थापन र केही भवन निर्माणको काम बाँकी छ । भवन निर्माणमा निजी क्षेत्रले चासो देखाएका छन् । अन्यत्रबाट स्रोत जुटेन भने नेपाल सरकारबाट सहयोग गर्ने प्रतिबद्धता पाएको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ ।
बलिउडमा सन् १९५९ देखि क्रिकेटको कथामा आधारित २९ वटा चलचित्र बनेका छन् । तीमध्ये हालै प्रदर्शनमा आएको शाहिद कपुुर अभिनित चलचित्र ‘जर्सी’ हो । क्रिकेटमा आधारित रहेर बनेका यी २९ चलचित्रमध्ये तीन सुपरहिट (लगान, जन्नत र धोनी), तीन हिट (काई पो चे, सचिन, फेरारी की सवारी) र १९ फ्लप रहेका छन् भने चारवटा चलचित्रको अवस्था अझै सार्वजनिक गरिएको छैन ।
प्रसारण लाइनको अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले चासो देखाएको छ । प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत् जोड्न नसक्ने स्थिति आएको भन्ने गुनासो आएपछि प्राधिकरणको उच्च व्यवस्थापनले त्यस क्षेत्रको निरीक्षण भ्रमण गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार
प्रकाशविक्रम शाह धनगढी, वैशाख १२ गते । कैलालीका सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) वीच लामो समयको प्रयासपछि सोमबार राति सहमति भएको छ । सहमति अनुसार कैलालीका १३ पालिकामध्ये नेपाली काँग्रेसले सातवटा, माओवादीले चार र एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व लिने भएका छन् । यस्तै काँग्रेसले पाँचवटा र माओवादी सात र एकीकृत समाजवादीले एक पालिकाको उपप्रमुखमा उम्मेदवारी दिन पाउने भएका छन् । काँग्रेसले महत्वपूर्ण पालिकाहरु धनगढी, गोदावरी, लम्कीचुँहा र टीकापुरको नेतृत्व गर्ने भएको छ । यस्तै माओवादीले गौरीगंगा र भजनीको नेतृत्व गर्ने भएको छ । यस्तै समाजवादीले एकमात्र नगरपालिका घोडाघोडी पाएको छ । छ वटा गाउँपालिकामा पनि काँग्रेसले जानकी, वर्दगोरिया र जोशीपुर गरेर तीन, माओवादीले कैलारी र मोहन्याल गरेर दुई र समाजवादीले चुरेको नेतृत्व पाएको छ ।सहमति अनुसार नेपाली काँग्रेसले गौरीगंगा, घोडाघोडी, भजनी नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनाउने भएको छ । यस्तै गरेर काँग्रेसले कैलारी, मोहन्याल, चुरेको उपप्रमुखमा पनि उम्मेदवारी दिने भएको छ । नेपका (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दीर्घ सोडारीका अनुसार माओवादीले धनगढी उपमहानगर, टीकापुर, लम्कीचुँहा नगरपालिका, जोशीपुर, जानकी, वर्दगोरिया गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने भएको छ । भने एकीकृत समाजवादीले गोदावरी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने छ । नेपाली काँग्रेसका कैलाली सभापति नारायणदत्त भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दीर्घ सोडारीले हस्ताक्षर गरेको सहमतिमा गठवन्धनलाई मतदान गर्न मतदातालाई आव्हान गरिएको छ ।सो सहमतिमा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालसंग वडा तहमा सहमति गर्ने उल्लेख छ । यस्तै गरेर नेकपा (एमाले) ले जितेका २४ वडामा काँग्रेस, माओवादी र एकीकृत समाजवादीले ८÷८ जना उम्मेदवार उठाउने सहमति भएको छ । कैलालीमा १२६ वडा रहेका छन् । ती वडमा कसका कति उम्मेदवार उठाउने भन्ने विषयमा भने वडा तहमै सहमति हुने बताइएको छ ।
गायक, गीतकार तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा यही वैशाख ३१ गते अर्थात् मे १४ मा दरबारमार्गको क्लब प्लाटिनममा गुञ्जिने हुनुहुने भएको छ ।
लक्ष्मी सापकोटाकाठमाडौँ, वैशाख १२ गते । बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यसअघि सुरु (फ्लाग डाउन)मा १४ रुपियाँ रहेको भाडादर बढेर ५० रुपियाँ पुगेको छ । त्यसमा प्रतिदुई सय मिटरमा १० रुपियाँका दरले भाडादर बढ्दै जानेछ । यो भाडादर बिहान ४ बजेदेखि राति ९ बजेसम्म लागू हुने जनाइएको छ । यस्तै विद्युतीय ट्याक्सीका लागि ‘फ्लाग डाउन’ ५० रुपियाँ र प्रतिदुई सय मिटरमा नौ रुपियाँका दरले बढ्दै जानेछ । रात्रिकालीन विद्युतीय ट्याक्सीका लागि सुरुको ‘फ्लाग डाउन’ १३ रुपियाँ र प्रतिदुई सय मिटरमा १३ रुपियाँका दरले भाडा बढ्दै जानेछ । हाल विद्युतीय ट्याक्सी भने सञ्चालनमा छैनन् ।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशभरि नयाँ भाडादर निर्धारण गरेर लागू गरिएको जानकारी दिनुभयो । अब नयाँ दर्ता हुने ट्याक्सी विद्युतीय हुनुपर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । नयाँ भाडादर समायोजन गर्न मन्त्रालयले गुणस्तर तथा नापतौल कार्यालयले काठमाडौँलाई पत्राचार गरेको थियो । नयाँ भाडादर लागू भएसँगै ट्याक्सीमा मिटर जडान गरेर समायोजन गर्ने काम भइरहेको कार्यालयका निरीक्षण अधिकृत निराजन पुडासैनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक साताअघिदेखि ट्याक्सीको मिटरमा नयाँ भाडादर समायोजन भइरहेको छ । दैनिक ६० का दरले हालसम्म चार सय ट्याक्सीमा भाडादर समायोजन भइसकेको छ । ट्याक्सीको भाडादर समायोजन तीन/चार महिनाभित्र सकिने विभागले जानकारी दिएको छ ।” एक हजार ६५२ ट्याक्सीलाई भाडा समायोजन गर्न भाडासम्बन्धी तालिका दिएको विभागले जानकारी दिएको छ । बागमती प्रदेशमा सात हजार ट्याक्सी सञ्चालनमा छन् । दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दायरगुणस्तर तथा नापतौल कार्यलयले मिटर बिगारेर यात्रु ठगी गर्ने दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्षमा मिटर बिगारेर ठगी गरेको उपभोक्ताको उजुरीका आधारमा बा. १ ज १६६७ र दिउँसोको समयमा तोकिएकोभन्दा बढी भाडा लिएको फेला परेपछि बा. १ ज ४७४९ नम्बरको ट्याक्सी चालकलाई कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको हो । आव २०७५/७६ देखि २०७७/७८ सम्म १५ वटा ट्याक्सी चालकलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ । स्टान्डर्ड नाप र तौल ऐन २०२५ अनुसार विभागबाट अनुमति नलिए एक वर्ष कैद र १० हजार रुपियाँ जरिवानाको व्यवस्था छ । यस्तै सिल चुडाएको अथवा मिटर बिगारे यात्रु ठग्नेविरुद्ध तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवानाको व्यवस्था ऐनमा छ ।
दिलीप बान्तवाको कथामा आधारित नाटक ‘स्कुल’ मञ्चन हुने भएको छ । सुरज तमूको निर्देशन र परिकल्पना रहेको नाटक थापागाउँस्थित गुरुकुल थिएटरमा मञ्चन हुन लागेको हो । नाटक स्कुलमा भाषाको कारण विद्यार्थीमा कस्तो असर पर्ने विषयमा प्रस्तुत रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आइतबार मन्त्रालयमा भेट गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा ।नेपाली सेनाले पनि आयातित ऊर्जाको सट्टा विद्युत् खपत गर्ने रणनीति अख्तियार गर्ने भएको छ ।
काठमाडौं, वैशाख १२ गते । सिद्धार्थ वनस्थली इन्ष्टिच्युटका संस्थापक प्रचार्य, शिक्षाविद् एवं सहित्यकार स्वर्गीय लक्ष्मण राजवंशीद्वारा लिखित कृति ‘गुली सहयोयगु’ पुस्तकको विमोचन गरिएको छ । आइतबार उहाँको प्रतिमा अनावरण गरी उहाँद्धारा लिखित कृतिको कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति जापानका लागि पूर्व राजदूत केदारभक्त माथेमाले पुस्तकको विमोचन गर्नुभएको थियो । संविधानसभा सदस्यको ज्येष्ठ सदस्यबाट सभामुखको समेत भूमिका निर्वाह गर्नुभएका राजवंशी २०७८ वैशाख ११ गते स्वर्गारोहण हुनुभएको थियो । स्वर्गीय राजवंशीका श्रीमती शोभा राजवंशीद्वारा प्रतिमामा माल्यार्पण गरी स्मृति दिवस मनाइएको थियो । विद्यालयका प्रचार्य रुपक राजवंशीद्वारा कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पूर्वविद्यार्थीको समेत उपस्थिति थियो ।
रुपन्देहीको तिलोत्तमामा दस उत्कृष्ट उद्यमीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । तिलोत्तमामा रहेको नवदुर्गा फुड इन्डस्ट्रिजका सञ्चालक मन्जु भुसाल एक लाख रुपियाँ नगदसहित पुरस्कृत हुनुभएको हो ।
काठमाडौं, वैशाख ११ गते । नेपाली काँग्रेस बागमती प्रदेशले उम्मेदवारीको नाम टुङ्गो लगाएको छ । आइतबार अबेरसम्म बसेको बागमती प्रदेश संसदीय समितिको बैठकले प्रदेश भित्र रहेका नगरपालिकाहरुमा पार्टीको भागमा भागबण्डमा परेका पदहरुमा उम्मेदवारीको नामावली टुङ्गो लगाएको मुख्य सचिव राजु नेपालले विज्ञप्तिमार्फत जानकारी गराएको छ । स्थानीय तह निर्वाचन प्रयोजनको सन्दर्भमा आइतबार समितिको बैठक बसेको थियो । बैठकले निर्णय गरेका उम्मेदवारहरुको नामावलीःसिन्धुली :कमलामाई नगरपालिका प्रमुखः उपेन्द्र कुमार पोखरेल दुधौली नगरपालिका उपप्रमुख चन्दकिशोर दनुवार थारु चितवन :रत्ननगर नगरपालिका प्रमुखः प्रल्हाद सापकोटा खैरहनी नगरपालिका प्रमुखः आशिकुमार खनिया राप्ती नगरपालिका उपप्रमुख: देवेन्द्र लामा माडी नगरपालिका उपप्रमुख: बमप्रसाद महतो कालिका नगरपालिका प्रमुखः शिवराम के. सी. धादिङ :नीलकण्ठ नगरपालिका प्रमुखः भीमप्रसाद हुशाना धुनिबेसी नगरपालिका उपप्रमुखः सुरज उप्रेती काभ्रेपलान्चाेक :बनेपा नगरपालिका प्रमुखः शान्तिरत्न शाक्य पनौती नगरपालिका प्रमुखः रामशरण भण्डारी पाँचखाल नगरपालिका प्रमुखः महेश खरेल नमोबुद्ध नगरपालिका प्रमुखः कुल्साङ लामा मण्डनदेउपुर नगरपालिका उपप्रमुखः विष्णुमणि नेपाल दोलखा :जिरी नगरपालिका प्रमुखः लाक्पा शेर्पा भीमेश्वर नगरपालिका प्रमुखः इश्वर नारायण मानन्धर