• ३ असार २०८१, सोमबार

पाठ्यपुस्तकको पर्खाइमा बाजुराका विद्यार्थी

blog

पाठ्यपुस्तक बिना पढाइ सुरु गर्दै आएका छेडेदह ७ सरस्वती आधारभूत विद्यालय कक्षा सातका विद्यालर्थीहरु । तस्बिर : शेरबहादुर सार्की

बाजुरा, जेठ १२ गते । बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीले भने पाठ्यपुस्तक पाउन सकेका छैनन् । खाली झोला विद्यालय पुगेका विद्यार्थीहरु पाठ्यपुस्तकको पर्खाइमा छन् ।

शैक्षिक सत्र सुरुसँगै बाजुराका विद्यालय सञ्चानमा आएपनि समयमै पाठ्यपुस्तक नआइपुगेकोले विद्यार्थीहरु पर्खाइमा बसेका हुन् । यो वर्ष भर्ना भएका विद्यार्थीहरुलाई इन्टरनेटको सहायताले ह्वाइट वोर्डमा लखेर पढाइ गर्न बाध्य छन् ।

बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ धुरालसैन माध्यमिक विद्यालयका प्रधानाध्यापक महासिह थापाले भन्नुभयो, “विद्यार्थीहरुलाई भर्ना त लियौ, तर अहिले सम्म पाठ्यपुस्तक आइनपुग्दा पढाउन समस्या भएको छ ।,, उहाँले भन्नुभयो, “भर्ना भएसँगै विद्यार्थीहरु नियमित कक्षामा आउँछन् पुस्तक नहुँदा कसरी पढाउने अन्याेलमा छौ ।,,

कक्षा एक, दुइ, तीन, पाँच र आठ कक्षा सम्म त पुराना पाठ्यपुस्तकले पठनपाठन गर्ने गरेका विद्यालयहरुले जनाएको छ । चार, सात, नौ कक्षाको पाठ्यक्रम नयाँ भएकोले सो कक्षाका विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको प्राधानाध्यापक थापाले बताउनुभयो ।

त्यसै गरी छेडेदह गाउँपालिकाको ७ मा रहेको सरस्वती आधारभूत विद्यालयमा पनि पाठ्यपुस्तक नुहुँदा त्यहाँ पनि विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको शिक्षक मनोज नेपालीले बताउनुभयो । दुई वर्षसम्म कोरोना महामारीका कारण अधिकाशं विद्यार्थीहरु पढाइमा निकै कम्जोर छन्, शिक्षक नेपालीले भन्नुभयो, तर विद्यालयमा  शिक्षकको कमी हुनु र समयमै पाठ्यपुस्तक नपाइनुले विद्यार्थीको पढाइ कमजोर हुने गरेको उहाँ भन्नुहुन्छ । 

कक्षा एक, दुइ तीन कक्षाको पायपुस्तक वितरण भइरहेको र बाँकी  छापाखानामा नै छापिन बाँकी रहेको जानकारी विद्यालयहरुले पाएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका करिव २७४ विद्यालयले विद्यार्थी भर्ना लिइर सञ्चानमा समेत आएको शिक्षा विकास तथा शिक्षा एकाइ बाजुराले जनाएको छ । यो वर्ष मतपत्र छपाइको कारण किताब छाप्न ढिलाइ भएकोले विद्यालयले समयमै पाठ्यपुस्तक नपाएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सयोजक हर्कबहादुर सिंहले बताउनुभयो ।

बाजुरामा तीन वटा क्याम्पस ६५ माध्यमिक विद्यालय र २०९ आधारभूत विद्यालय छन् । 

Author

शेरबहादुर सार्की