• १३ साउन २०८१, आइतबार

कपिलवस्तुमा चट्याङ लागेर एक बालकको मृत्यु, तीन घाइते

blog

जानु पाण्डे
कपिलवस्तु, जेठ ११ गते ।
कपिलवस्तुको शिवराज नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर ६ पिपरी का ७ वर्षीय रिजवन मोहम्मदको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो ।

मङ्गलबार राति वर्षा भएको बेला पीपलको रुखमुनि ओत लागेका बेला चट्याङ मोहम्मद गम्भीर घाइते हुनुभएको थियो ।

चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै चट्याङ लागेर रिजवानको बुवा ३० वर्षीय नुर महमद र २ जना नाम नखुलेका बटुवा घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि बुटवल लगिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।