• १३ साउन २०८१, आइतबार

जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

blog

काठमाडौं, जेठ ११ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा विजयी भएका आफ्ना पार्टीका उम्मेदवारहरूलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

पार्टीका महासचिव डा. बेदुराम भुसालले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘ तपाईहरूलाई जनताले ठूलो विश्वास गरेर मत दिएका छन् । जनताको विश्वासप्रति सधै इमान्दार रहनु होला । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला । निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै लभुल्नु होला ।’’

ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारिता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्न निर्देशन दिँदै विज्ञप्तिमा भनिएको छ, ‘‘निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त्त रहँदै स्वच्छ एवम् सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला । सम्बन्धित पार्टी कमिटीका निर्णय र निर्देशनको पालना गर्नुहोला ।’’