• ७ वैशाख २०८१, शुक्रबार

मकैबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

blog

रेखीराम राना
पाल्पा, जेठ ११ गते ।
पाल्पाका किसानले लगाएको मकै बालीमा फौजी किराले क्षति पु-याएको छ । जिल्लाको रामपुर, गेझा, कसेनी माडी क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढेको हो ।

यहाँका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोपले मकै बालीमा क्षति पु-याएको किसानको गुनासो छ । भर्खर उम्रिएर हरिया भएका बोट फौजी किराले पूरै सखाप अवस्थामा पु-याएको किसानको भनाइ छ । भर्खर हरिया भएका बोट फौजी किराको आक्रमणले सकिन थालेको छ माथागढी–३, कसेनीका किसान नारायण घिमिरेले भन्नुभयो विषादीले समेत फौजी कीराको आक्रमण रोकिन सकेको छैन । 

पछिल्लो एक सातादेखि मकैबालीमा फौजी कीराको प्रकोप बढेको उहाँले बताउनुभयो । फौजी कीराको प्रकोप रोक्न विभिन्न उपाय अपनाएपनि कीरा नियन्त्रणमा आउन नसकेको यहाँका किसानको भनाइ छ । रामपुर, गेझा, कसेनी र हुँगीलगायतका स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी कीराको प्रकोप बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

फौजी कीराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकैबालीमा फौजी कीराको आक्रमण बढी छ । जिल्लाको रामपुरमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी किराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।

पछिल्लो समय सुख्खा मौसम बढेकाले फौजी कीराको आक्रमण बढेको कृषि प्राविधिक बताउँछन् । फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पु-याउने कृषि प्राविधिक बताउँछन् ।