• १५ जेठ २०८१, मङ्गलबार

बसको ठक्करबाट एक युवकको मृत्यु

blog

जानु पाण्डे
कपिलवस्तु, जेठ ११ गते ।
कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोरुसिङ्गे बनगाई सडक खण्डअन्तर्गत खारखानी वन क्षेत्रमा बुधवार बिहान भएको दुर्घटनामा कपिलवस्तु नगरपालिका ९ जगदीशपुरका अशोक चौधरीको मृत्यु भएको हो ।

धनगढीबाट नारायणगढतर्फ जाँदै गरेको ना५प ७७५ नम्बर को बसले साइकलमा सवार चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सडक छेउमा बिग्रीएर राखेको ट्रिपरलाई ओभरट्याक गर्ने क्रममा बसले ठक्कर दिएको थियो । चौधरीको कपिलवस्तु अस्पताल तौलिहवा उपचारका लागि लैजाने क्रममा ज्यान गएको बताइएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा छ ।