शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                रेखीराम राना
पाल्पा, जेठ ११ गते । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध सालको काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान ९ बजेतिर जिल्लाको तानसेन–१३, केरादीदेखि बुटवल जाँदै गरेको लु१ज नम्बरको जीपको पछाडि अवैध रुपमा राखिएको काठसहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
तानसेनको बसपार्कमा प्रहरी चेकजाँचका क्रममा उक्त जिपमा २४ गोलिया सालका अवैध काठ फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बरामद गरिएको काठ र नियन्त्रणमा लिएको दुईजनालाई डिभिजन वन कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो । 
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...