• १४ असार २०८१, शुक्रबार

सामुदायिक स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा इन्टरनेटमा ५० प्रतिशत छुट

blog

काठमाडौं, जेठ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरमा रहेका सामुदायिक स्वास्थ्य संस्था र माध्यमिक तहका सामुदायिक विद्यालयलाई इन्टरनेटमा ५० प्रतिशत छुट गरिने बताउनुभएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै राष्ट्रपतिले आगामी वर्षदेखि नेपाल सरकारका सबै निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरी कागजको प्रयोग क्रमशः कम गरिने छ बताउनुभयो ।

उहाँले आमसञ्चार क्षेत्रलाई सबल बनाउन कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान निर्माण गरिने जानकारी पनि सम्बोधनको क्रममा दिनुभयो ।

दुई पक्षीय व्यापार तथा पारवहन सन्धिसम्बन्धी सम्झौता गरिने, द्विपक्षीय व्यापार तथा पारवहन, सन्धि–सम्झौताको पुनरावलोकन तथा परिमार्जन गरिने र आन्तरिक वितरण प्रणालीलाई सहज बनाइनेछ ।

खाद्य सुरक्षा प्रत्याभूत गर्ने नीति लिइने र पर्यटन क्षेत्रमा रोजगारी वृद्धि गरिनेछ ।

पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गरिनुका साथै होम स्टेलाई प्रर्वद्धन गरिनेछ ।

नेपाली उत्पादनलाई अवाञ्छित प्रतिस्पर्धाबाट जोगाउन कानूनको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गरिने र लुम्बिनीको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राखिने छ ।

ग्रामीण पर्यटन तथा होमस्टेलाई प्रवर्धन गरिने, उड्डयन क्षेत्रमा नवीन तथा उच्चतम प्रविधि प्रयोग गरी नयाँ मुलुकमा हवाई सेवा विस्तार गरिनेछ । हराएका पुरातात्विक सम्पदा फिर्ता ल्याउन पहल गरिनेछ । सुर्खेतमा नयाँ विमान स्थल बनाइने छ । काठमाडौं–तराई द्रुर्तमार्गलाई तोकिएको सयमा निर्माण गरिनेछ ।