• ७ वैशाख २०८१, शुक्रबार

प्रिमियर गल्फको दोस्रो दिन निरज शीर्षस्थानमा

blog

सट प्रहार गर्दै निरज तामाङ । तस्बिर सौजन्य : एनपीजीए

काठमाडौं, जेठ १० गते । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन निरज तामाङ शीर्षस्थानमा उक्लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मंगलबार निरजले आठ अन्डर ६४ स्कोर खेल्नुभयो । ३६ होलको समाप्तिसँगै निरजको कूल १२ अन्डर एक सय ३२ स्कोर छ ।

निरजले दोस्रो स्थानमा रह सफल एमेच्योर वानचेन ढोन्डुप र शुक्रबहादुर राईलाई दुई स्ट्रोकले पछि पार्नुभएको छ । वानचेन र सुक्रको समान १० अन्डर एक सय ३४ स्कोर छ । दोस्रो दिन वानचेनले तीन अन्डर ६९ र सुक्रले सात अन्डर ६५ खेल्नुभएको थियो । 

युवा मेच्योर गल्फर सद्भाव आचार्य समग्रमा नौ अन्डर एक सय ३५ स्कोरका साथ चौथो स्थानमा हुनुहुन्छ । मंगलबार उहाँले ६ अन्डर ६६ खेल्नुभयो । पाँचौं स्थानमा रहनु भएका घरेलु प्रो भुवन नगरकोटीको कूल आठ अन्डर एक सय ३६ स्कोर छ । दोस्रो दिन भुवनले चार अन्डर ६८ खेल्नुभयो ।

७२ होलको चारदिने प्रतियोगितामा ३६ होलको समाप्तिसँगै कूल ६ ओभर एक सय ५० सम्म खेल्ने २२ प्रो र आठ एमेच्योरसहित ३० जना खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम यस स्पर्धामा ३४ प्रो र ११ जना एमेच्योरले भाग लिएका थिए ।

प्रतियोगितामा प्रो तर्फको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार र तेस्रो हुनेले एक लाख १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने प्रोले पनि आकर्षक नगद पुरस्कार हात पार्नेछन् । एमेच्योरलाई ट्रफी प्रदान गरिनेछ ।