• १३ असोज २०८१, आइतबार

सहकारीको डिजिटल रूपान्तरणका लागि साझेदारी

blog

गोरखापत्र समाचारदाता

ललितपुर, जेठ १० गते । राष्ट्रिय सहकारी महासङ्घले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ ।  सम्झौतापत्रमा महासङ्घका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गर्नुभएको थियो ।

सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासङ्घका अध्यक्ष मीनराज कँडेलले बताउनुभयो । महासङ्घ सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग महासङ्घले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गर्नुभयो । महासङ्घका महाप्रबन्धक सुब्बाले महासङ्घले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यका रूपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताउनुभयो ।