• १२ असार २०८१, बुधबार

बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४ जना घाईते

blog

कैलाली, जेठ १० गते । कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक लम्कीचुहा–२ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले जनाएको छ ।

 जिल्लाको घोडाघोडी नगरपालिका –१० आमखैया स्थित महेन्द्रराजमार्गमा बसको ब्रेकफेल भई नालीमा बस पल्टिएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकास जोशीका अनुसार कर्णाली रिभर्र साईडको ना५ख ८६९१ नम्बरको बस बे्रकफेल भई नालीमा बस पल्टिदा बसमा सवार १० जना मध्ये ५ जना घाईते भएका थिए । 

घाईतेहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भईरहेकोमा गम्भिर घाईते दुईजनालाई थप उपचारकालागि कोहलपुर मेडिकल कलेज पठाइएको थियो । गम्भिर घाईते मध्ये खत्रीको गयराती नै कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ भने अर्का सहचालक १८ वर्षीय सन्दिप घर्तिमगरको कोहलपुरमै उपचार भैरहेको छ । बसचालक बसन्त बिक ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रमा लिई आवस्यक कारवाही प्रकृया अघि बढाएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । 


Author

चाँदनी आचार्य