• १२ असार २०८१, बुधबार

थप आठ जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, जेठ ९ गते । पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १३३ छन् ।

त्यस्तै, पछिल्लो २४ जनामा ३१ हजार ३८८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।