• १३ साउन २०८१, आइतबार

वन उपभोक्ता समूहका अध्यक्ष बस्नेतलाई भ्रष्टाचारको अभियोग

blog

काठमाडौं, जेठ ९ गते । जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपबहादुर बस्नेतले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दर्ता गरेको छ ।

आयोगले बस्नेतविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । बस्नेतलाई दुई लाख ५५ हजार रुपियाँ आर्थिक हिनामिना गरेको अभियोग छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बस्नेतले घुम्ती कोषअन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको र समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरेको पाइएको छ ।