• १६ भदौ २०८१, आइतबार

फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००

blog

काठमाडौं, जेठ ८ गते । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । 

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर  १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० वृद्धि गरेको छ ।

 पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर  १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।