काठमाडौं, वैशाख ७ गते । निराजन प्रधान र मिरुना मगर अभिनित म्युजिक भिडियो 'सरुँ सरुँ लाग्यो' सार्वजनिक भएको छ । भिडियो देवीथान नामको युट्यबु च्यानलबाट सार्वजनिक गरिएको हो ।राजेश पुमा राईको निर्देशन रहेको गीतमा राजनराज सिवाकोटीको संगीत, स्वर र सुमन योञ्जनको लेखन रहेको छ। भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ । कमल राईले कोरियोग्राफी गर्नुभएको गीतमा सुन्दर नृत्य देख्न सकिन्छ । गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन विकास दाहालले गर्नुभएको हो ।
पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ३० गते हुने स्थानीय तहको चुनावी प्रतिबद्धता पत्र बुधबार सार्वजनिक गरेको छ।
काठमाडौं, वैशाख ७ गते। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउनुहुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ वैशाख ८ गते अपराह्न नेपाल आउनुहुनेछ। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ। त्यसैगरी उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुनेछ। यस्तै नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुनेछ।महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन लाग्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो। भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ। महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम छ। रासस
कैलाली, वैशाख ७ गते । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । धनगढीमा बुधबार भएको फाइनलमा आर्मीले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हरायो । उपाधिसँगै आर्मीले एक लाख ५० रुपियाँ पुरस्कार पायो । उपविजेता एफिएफले ८० हजारमा रुपियाँ प्राप्त गर्यो । सेमिफाइनलमा पुगेका सुदूरपश्चिम र लुम्बीनी प्रदेशले ४०/४० हजार रुपियाँ पुरस्कार पाए । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा भएको प्रतियोगिताका विजेता टोली र खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बाेहोरा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जसपाको १६ पृष्ठ लामो निर्वाचन घोषणापत्रमा पानीको महसुल २०० रुपियाँसम्म मिनाहा गर्ने उल्लेख छ ।
काठमाडौं, वैशाख ७ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किनुभएको छ । मङ्गलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै अधिकारी बुधबारदेखि काममा फर्किनुभएको हो । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यस्तै, न्यायाधीश फुयालले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश पनि जारी गर्नुभएको थियो । साथै छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि न्यायाधीश फुयालले दिनुभएको छ । गत चैत २४ गत बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरविरुद्ध छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो ।अधिकारीले सोमबार सर्वोच्चमा दर्ता गर्नुभएको रिटमा निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गर्नुभएको थियो ।उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रिट दर्ता गर्नुभएको थियो ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बुधबार बिहान साढे ११ बजेदेखि बैठक जारी रहेको जानकारी दिनुभयो ।
सन्तोष सुवेदीकास्की, वैशाख ७ गते । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमतिपछि नेपाली काँग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । काँग्रेसको पोखरा महानगर समितिले बुधबार जिल्ला कार्यालय, चिप्लेढुङ्गामा ताला लगाएको हो ।महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उहाँहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ । हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले काँग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’’सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको सचिव थापाले बताउनुभयो । ‘आगामी दिनमा अपनाइने सङ्घर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्यसमितिलाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
मधेसी र मुस्लिम छात्राहरुलाई मुख्य लक्षित गरी नेपालगञ्जमा महिला कलेज स्थापना गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले उद्घाटन गर्नुभयो ।
ओखलढुङ्गामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल हुने भएको छ । जिल्लामा पटक–पटक बसेको सत्ता साझेदार पाँच दलको बैठकमा अरु दलसँग सहमति जुट्न नसकेपछि काँग्रेस र माओवादी केन्द्रबीचमात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो ।
सरकारले देशलाई लोडसेडिङ मुक्त घोषणा गरिसकेको छ । तर, नेपालगञ्ज र बाँकेसहितका जिल्लामा अघोषित लोडसेडिङका कारण आमनागरिक समस्यामा पर्ने गरेका छन् ।
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै वर्षौदेखि भारी बोकेर गुजरा चलाउँदै आएका भरियाहरु पेशाबाट विस्थापित भएका छन् ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख ७ गते । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ ।निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहने आयोगले जनाएको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन यही वैशाख ११ र १२ गते हुँदैछ । निर्वाचन कार्यलय स्थापना गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी प्रगति प्रतिवेदन तुरुन्त प्राप्त गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको मुख्य कार्य जिम्मेवारी रहनेछ ।विभिन्न सुरक्षा निकायसँग समन्वय र सम्पर्क गरी निर्वाचनसम्वन्धी बस्तुस्थिति बुझी सुरक्षा प्रतिवेदनसहित आयोगमा पेश गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सवै विषयहरु प्रवक्तामार्फत सवैसामु पु¥याउन आवश्यक सूचना र विवरण उपलब्ध गराउने जिम्मेवारी रहेको आयोगले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनाको सङ्कलन एवम् विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोग र सम्बन्धित निकायमा केन्द्रले सुझाव पेश गर्ने बताइएको छ ।निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना संकलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्वन्धीका काम केन्द्रले गर्ने आयोगको भनाइ छ । केन्द्रले निर्वाचनको काम सम्पन्न भएपछि आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।
चन्द्र पन्दाकताप्लेजुङ, वैशाख ७ गते । ताप्लेजुङमा दूधको मूल्य वृद्धि भएको छ । हाल कारोबार हुँदै आएको दूधको मूल्यमा प्रतिलिटर २० रुपियाँले वृद्धि गरिएको हो । ताप्लेजुङ डेरी (दुग्ध) व्यवसायी सङ्घका अनुसार दूधको मूल्यमा २० रुपियाँले वृद्धि गरी प्रतिलिटर ८० रुपियाँ पु¥याइएको छ । सदरमुकाम फुङ्लिङ बजारमा सोमबारदेखि नै वृद्धि गरिएको मूल्यअनुसार दूधको कारोबार सुरु भएको छ । फुङ्लिङ बजारमा यसअघि प्रतिलिटर ६० रुपियाँमा कारोबार हुँदै आएको थियो ।ताप्लेजुङ डेरी व्यवसायी सङ्घ, जिल्ला तदर्थ समितिका संयोजक कृष्णकुमार बस्नेतका अनुसार हालसम्म दूध उत्पादक तथा व्यवसायीले अत्यन्तै न्यून फाइदा राखेर प्रतिलिटर ६० रुपियाँमा दूधको कारोबार गर्दै आएका थिए । कुनै समय घाटासमेत बेहोर्नुपर्ने अवस्था रहेकाले मूल्य वृद्धि गर्नु बाध्यता भएको बस्नेतले बताउनुभयो । उहाँका अनुसार दूध उत्पादकले प्रतिलिटर १० रुपियाँ र व्यवसायीले १० लिने योजनासहित दूधको मूल्य वृद्धि गरिएको हो ।जिल्लामा दूधको मूल्य वृद्धि गरे पनि सरकारले निर्धारण गरेको राष्ट्रिय मूल्य दरभन्दा कम भएको समितिका संयोजक बस्नेतले बताउनुभयो । पछिल्लो पटक सरकारले दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ तोकेको छ । सरकारले तोकेअनुसार नै जिल्लामा पनि दूधको मूल्यवृद्धि गर्नुपर्ने धेरै उत्पादक तथा व्यवसायीको जोड थियो । थोरै भए पनि उपभोक्तालाई समेत राहत होस् भन्ने उद्देश्यले २० रुपियाँ मात्र वृद्धि गरिएको सङ्घले जनाएको छ ।सदरमुकाम फुङ्लिङ बजारमा हाल आधा दर्जनजति दूध डेरी सञ्चालनमा रहेका छन् । उपभोक्ताको मागअनुसार फुङ्लिङ बजारमा दुग्धजन्य वस्तु उपलब्ध हुनसकेको छैन । हाल दैनिक करिब दुई हजार लिटर दूधको कारोबार हुने गरेको छ भने यहाँ तीन हजार लिटरजति दूधको माग रहेको डेरी व्यवसायी सङ्घले जनाएको छ । हाल दूधबाहेक दही, पनिरजस्ता दुग्धजन्य वस्तुको माग उपभोक्ताबाट भएमा उपलब्ध गराउने अवस्था नरहेको सङ्घका संयोजक बस्नेतको भनाइ छ । यस्तै घिउ पनि पाँचथर लगायतबाट आपूर्ति गरी फुङ्लिङ बजारमा बिक्री गर्ने गरिएको छ । खरिद मूल्य र ढुवानी गरी घिउ प्रतिकिलोग्राम छ सय ७० रुपियाँमा यहाँ आइपुग्ने र व्यवसायीले सात सय रुपियाँले बिक्री गर्दै आएका पनि उहाँले जानकारी दिनुभयो । यता दूधको मूल्य वृद्धिसँगै फुङ्लिङ बजारमा चिया तथा कफीको मूल्य पनि वृद्धि गरिएको छ । दूध चिया प्रतिकप (गिलास) २० रुपियाँमा बिक्री गरिँदै आएकोमा २५ पु¥याइएको छ भने घोटेको कफी प्रतिकप ६० रुपियाँ पु¥याइएको छ । दूधको मूल्य बढेपछि चिया तथा कफीको मूल्यवृद्धि गर्न बाध्य हुनुपरेको व्यवसायीले बताएका छन् ।