• ७ वैशाख २०८१, शुक्रबार

बलात्कारसम्बन्धी कानून संशाेधनको माग गर्दै मन्त्रीलाई ज्ञापन

blog

कानून मन्त्रीलाई ज्ञापनपत्र बुझाउन मन्त्री निवास पुगेका विद्यार्थीहरु । तस्विरः मनोजरत्न शाही

काठमाडौं, जेठ ८ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) लाई बलात्कारसम्बन्धी कानून संशोधनको माग गर्दै नेपाल विद्यार्थी संघले  ज्ञापन बुझाएको छ ।

नेपालको फौजदारी संहिता, २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानुनमा बलात्कारविरुद्ध मुद्दा दर्ता गर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा र प्रमाण संकलनमा सुधार गर्न मागसहित आइतबार बिहान पत्र बुझाएको हो।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पासहितको टोलीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री कोइराला निवास हरिहरभवन, पुल्चोक पुगेर ज्ञापनपत्र बुझाएको हो ।