• १३ साउन २०८१, आइतबार

भंगहा नगरपालिका मेयरमा लोसपा उपमेयरमा काँग्रेस विजयी

blog

भंगहा नगरपालिका मेयर र उपमेयर, तस्विर – महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, जेठ ८ गते । महोत्तरीको भंगहा नगरपालिकामा प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र उपमेयरयमा नेपाली काँग्रेस पार्टीका उम्मेदवार विजयी हुनुभएको  छ । 

भंगहा नगरपालिकाको मेयरमा लोसपा नेपालका संजिव साह र उपमेयरमा नेपाली काँग्रेसका शान्तिकुमारी सिंह निर्वाचित हुनुभएको छ ।

भंगहा नगरपालिकामा निर्वाचित भएका मेयर साहको यो दोस्रो जित हो । प्रमुख साहले ५ हजार ६१७ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार मण्डल ५ हजार ३५४ मत ल्याउनु भएको थियो ।

२६३ मतको मतान्तरले प्रमुख साह विजयी भएको निर्वाचन अधिकृत केशव प्रसाद अर्यालले बताउनु भएको छ ।  

भंगहा नगरपालिका उपप्रमुख सिंह ५ हजार ७७५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालको उम्मेदवार गंगा कुमारीले ५ हजार ३५५ मत प्राप्त गरेको छ । ४२० मतको मतान्तरले उपप्रमुख सिंह विजयी भएको जनाइएको छ । 

९ वडा रहेको भंगहा नगरपालिकामा वडाहरुमा भने मिश्रित परिणाम आएको निर्वाचन अधिकृत अर्यालले बताउनुभयो । 

भंगहा नगरपालिका  वडा  नं. १ मा लोसपाका लक्ष्मीनारायण साह, वडा नं. २ मा काँग्रेसका इन्द्रशेखर पंजियार थारु, वडा नं. ३ मा काँग्रेसका जितन्द्रकुमार सिंह, वडा नं. ४ मा काँग्रेसको गणेशप्रसाद महतो विजयी हुनुभएको छ । 

यसैगरी, वडा नं. ५ मा नेपाली काँग्रेसका किरणकुमार ढकाल, वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका राजिशरण यादव, वडा नं. ७ मा काँग्रेसका नरेश साह सोनार, वडा नं. ८ मा लोसपाका सरिफ कवारी वडा नं. ९ मा नेपाल कम्युनिष्ट माओवादी केन्द्रका राजबाबु यादव विजयी हुनुभएको छ ।