• ७ जेठ २०८१, सोमबार

‘तिम्रै नाम होस्’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ८ गते । नायिका केकी अधिकारी गायक राजेश पायल राईसँग ‘तिम्रै नाम होस्’ नामक म्युजिक भिडियोमा प्रेमिल मुडमा देखिनुभएको छ । गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ । वसन्त सापकोटाले सङ्गीत दिनुभएको गीतलाई गोपाल लोहारले लेख्नुभएको हो । सुदीप बरालले छायाङ्कन रहेको गीतमा अर्जुन जीसीले सम्पादन गर्नुभएको छ ।