नीति अनुसन्धान प्रतिष्ठानले लजिस्टिक्स नीतिबारे सुुझाव सङ्कलन गर्न सरोकारवाला निकायसँग संवाद गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा प्रतिष्ठानले सरोकारवाला निकायलाई बोलाएर शुक्रबार संवाद कार्यक्रम आयोजना गरेको होे ।
इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा पहिलो पटक नेपाली काँग्रेसका उमेदबार विजयी हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुनुभएको हो ।
कालीमाटी गाउँपालिका सल्यानमा यस अघि निर्वाचित जनप्रतिनिधिले गाउँमै क्याम्पस सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए । पाँच वर्ष बित्यो तर गाउँमा क्याम्पस स्थापना भएन । उच्च शिक्षाका लागि सल्यान सदरमुकाम वा सुर्खेत जानुपर्ने बाध्यता छ । गाउँपालिकाभित्रका खरका छाना हटाउने घोषणा प
जुम्ला, जेठ ८ गते । जुम्लाको सिँजा गाउँपालिकामा पहिलो पटक टेलिफोन सेवा सञ्चालन भएको छ । नराकोटमा निर्मित टेलिफोन टावरलाई पुनः सञ्चालन गरी टेलिफोन सञ्चालन गरेको हो । यसअघिसम्म बन्द अवस्थामा रहेको टेलिफोन सेवा नव निर्वाचित गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको पहलमा सञ्चालनमा आएको हो । सेवा सञ्चालनसँगै सिंजाबासी लाभान्वित बनेको स्थानीय डिल्लीप्रसाद तिवारीले बताउनुभयो । विद्युतको भोल्टेज नपुगेपछि सोलार व्यट्रि व्यवस्थापन गरेर टेलिफोन सञ्चालनमा ल्याएको नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीले जानकारी दिनुभयो । सिँजा गाउँपालिकामा रहेको उक्त टावरले हिमा गाउँपालिकाको केही क्षेत्रमा समेत टेलिफोन सेवा लिन पाएका छन् ।
स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहेको छ । मधेस प्रदेशअन्तर्गत अधिकांश स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ । अब केही स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ । ढल्केबर समाचारदाताका अनुसार धनुषाको हं
स्थानीय तह निर्वाचनमा जिल्लाका सातमध्ये दुईवटा गाउँपालिकामा मात्र महिला उपाध्यक्ष निर्वाचित भएका छन् । गठबन्धनका कारण उपाध्यक्षमा महिलाको उम्मेदवारी दुईवटा गाउँपालिका खुम्चिएको हो ।
विद्युत अवरुद्ध हुँदा चितवन विगत तीन दिन देखि अन्धकारमय भएको छ । गत शुक्रवार पानीसँगै आएको हावाहुरीले विजुलीको पोल भाचेपछि अवरुद्ध भएको विजुली अझै मर्मत सुधार हुन नसक्दा चितवन अन्धकारमै बनेको हो ।
स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली कांग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ । शनिबारसम्मको मतगणना परिणामअनुसार कांग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा कांग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा भने ३६ प्रतिशत स्थानीय तहमा कांग्रेसले जितेको छ ।
पछिल्लो समय नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोराना महामारीको असर कम भएर निर्धक्क भएर घुम्ने वातावरण बनेसँगै भारतीय पर्यटकको आगमन बढ्दै गएको हो । भारतमा गर्मी बढेसँगै गर्मी छल्न र स्कुल कलेजमा जारी बिदा मनाउन नेपाल आउने भारतीय पर्यटकको सङ्ख्याले नेपाली पर्यटन बजारमा उत्साह बढाउँदै गएको छ ।पछिल्लो समय हवाई मार्ग र स्थल मार्ग भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएपछि पर्यटन व्यवसायीसमेत हौसिएका छन् ।
शपथ र पदभार ग्रहणसँगै लुम्बिनीका जनप्रतिनिधिहरू लोकप्रिय र जनमुखी निर्णय गर्न थालेका छन् । यद्यपि, निर्वाचन सकिएको एक हप्ता हुँदासमेत कतिपय पालिकाको मत परिणाम सार्वजनिक हुन सकेको छैन ।
स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये ८१ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार नेपाली काँग्रेसले ३६, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २४, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले १४, नागरिक उन्मुक्ति पार्टीले चार, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दुई र स्वतन्त्र एक जना पालिका प्रमुख विजयी भएका छन् । नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका एक जनाले बैतडीको डिलासैनीको प्रमुख जितेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले तीस वर्षदेखि हेटौँडाको स्थानीय निर्वाचनमा राख्दै आएको वर्चश्व यस पटक गुमाएको छ । नेकपा (एमाले)ले २०४९ सालको स्थानीय निर्वाचनदेखि नै आफ्नो वर्चश्व राख्दै आएको थियो । २०४९ सालको साबिकको हेटौँडा नगरपालिकामा प्रमुख र उपप्रमुखमा विजयी भएपछि हेटौँडालाई नेकपा (एमाले)को गढका रूपमा चिनिँदै आएको थियो ।
विद्यालय तहमा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ । विद्यार्थी कलम, कापी र झोला बोकेर विद्यालय धाउन थालेका छन् । विद्यार्थी विद्यालय जाँदा चाहिने पाठ्यपुस्तक हो तर विद्यार्थीलाई चाहिने पाठ्यपुस्तक भने सम्बन्धित निकायले पु-याउन सकेको छैन । विद्यालयमा पठनपाठन थालनी भएसँगै राज्यले विद्यार्थीलाई पुस्तक उपलब्ध गराउनुपर्ने हो ।
श्रीलङ्कामा पछिल्लो समय देखिएको राजनीतिक र आर्थिक सङ्कटलाई कतिपयले नेपालको आर्थिक परिवेशसँग तुलना गरेर हेर्ने गरेको पाइन्छ तर यी दुई देशबीचको अर्थतन्त्रमा रहेका समस्याको प्रकृति फरक छ । दुवै देशका केही आर्थिक सूचकहरू समान देखिए पनि चालू आर्थिक वर्षमा नेपालको वृद्धिदर विगतको तुलनामा उल्लेखनीय रूपमा सुधार हुने प्रक्षेपण छ ।