• २० असोज २०८१, आइतबार

‘लजिस्टिक्स’बारे सुझाव सङ्कलन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ८ गते । नीति अनुसन्धान प्रतिष्ठानले लजिस्टिक्स नीतिबारे सुुझाव सङ्कलन गर्न सरोकारवाला निकायसँग संवाद गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा प्रतिष्ठानले सरोकारवाला निकायलाई बोलाएर शुक्रबार संवाद कार्यक्रम आयोजना गरेको होे । 

प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले वस्तुको ढुवानी, भण्डारण र वितरणमा आवश्यक हुने गुणस्तरीय पूर्वाधार निर्माण र सोको समुचित प्रयोगलाई प्रवद्र्धन गरी भूपरिवेष्टित मुलुकलाई दक्षिण एसिया क्षेत्रको व्यापारिक केन्द्र बनाई नेपालले खेप्दै आएको व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने बताउनुुभयो । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पोषराज पाण्डेले यातायात तथा परिवहन प्रबन्ध विकास र व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिएको यस नीतिले आपूर्ति शृङ्खला (सप्लाई चेन) व्यवस्थापनमा उल्लेख्य योगदान रहेको बताउनुभयो ।

लजिस्टिक्स पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी भिœयाउनुपर्ने, पारवहनको विषयमा छिमेकी मुलुकसँग वार्ता गरेर ढुवानी र पारवहन लागत घटाउनुपर्ने पाण्डेको सुुझाव छ । कार्यक्रममा अन्य सहभागीले उत्पादन भण्डारणसम्बन्धी सुरक्षा, एयर कार्गोको महँगी, गोदामको अभाव, नियामक निकायको विसङ्गति र सिन्डिकेट प्रणाली हटाउन सुुझाव दिनुभएको थियो ।

राष्ट्रिय यातायात तथा व्यापार सहजीकरणका गर्नुुपर्ने, पारवहनको क्षेत्रमा बीमाको उचित व्यवस्था हुनुपर्ने, सरकारी क्षेत्रभित्रका मन्त्रालय र विभाग, नियामक निकाय, निजी क्षेत्र र सबै सरोकारवालाको भूमिका नीतिमा तोकिनुपर्ने; व्यापार र निर्यातमा विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बन्न पारवहनमा लाग्ने समय र लागत घटाउनुपर्नेमा सहभागीले जोड दिनुभएको थियो ।