• १२ असार २०८१, बुधबार

जुम्लाकाे सिँजामा टेलिफोन सेवा सुचारु

blog

सिँजा सुचारु भएको नेपाल टेलिकमको टावर । तस्विरः नेत्र शाही

जुम्ला, जेठ ८ गते ।  जुम्लाको सिँजा गाउँपालिकामा पहिलो पटक टेलिफोन सेवा सञ्चालन भएको छ । नराकोटमा निर्मित टेलिफोन टावरलाई पुनः सञ्चालन गरी टेलिफोन सञ्चालन गरेको हो । 

यसअघिसम्म बन्द अवस्थामा रहेको टेलिफोन सेवा नव निर्वाचित गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको पहलमा सञ्चालनमा आएको हो । सेवा सञ्चालनसँगै सिंजाबासी लाभान्वित बनेको स्थानीय डिल्लीप्रसाद तिवारीले बताउनुभयो । 

विद्युतको भोल्टेज नपुगेपछि सोलार व्यट्रि व्यवस्थापन गरेर टेलिफोन सञ्चालनमा ल्याएको नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीले जानकारी दिनुभयो । सिँजा गाउँपालिकामा रहेको उक्त टावरले हिमा गाउँपालिकाको केही क्षेत्रमा समेत टेलिफोन सेवा लिन पाएका छन् । 

Author

नेत्र शाही