• १३ साउन २०८१, आइतबार

चौतारा साँगाचोकगढी नगरको पहिलो निर्णयः नगरवासीको स्वास्थ्य बीमा गर्ने

blog

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ७ गते । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पदभार ग्रहण गरे लगत्तै नगरको पहिलो बैठकले नगरवासीको स्वास्थ्य बीमा गरिने नीतिगत निर्णय गर्नुभएको छ । 

नयाँ आर्थिक वर्षदेखि सबै नगरवासीको स्वास्थ्य बीमा गर्ने अभियान शुरु गर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रममा नगरवासीको हितका लागि स्वास्थ्य बीमा समेटेर बजेट व्यवस्था गर्ने बताउनुभयो ।

उक्त नगरका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौड्यालले नयाँ आर्थिक वर्षको चौमासिकबाट उक्त स्वास्थ्य बीमा कार्यक्रम कार्यान्यवनमा आउने जानकारी दिनुभएको छ । तत्कालका लागि द्वन्द्व प्रभावित, दीर्घरोगी, अल्पसङ्ख्यक, सीमान्तकृत, निम्न आय भएका नगरवासीको स्वास्थ्य बीमा शुरु गरिने प्रप्रअ पौड्यालले बताउनुभयो ।

नगरबासीको जीविकोपार्जनमा सुधार ल्याई समृद्ध नगर बनाउने अभियानमा नगर लागिसकेका उहाँले बताउनुभयो । नगरबासीको आयआर्जन बढाउन कृषि क्षेत्रसँग जोडेर काम थाल्ने उहाँले जोड दिनुभएको छ । 

पदभार ग्रहणपछि नगरबासीको स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत निर्णय गर्दे चौतारा साँगाचोकगढी नगरप्रमुख कृष्णप्रसाद सापकोटा ।