• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय खेल भलिबलको पाँचौं दिवस

blog

जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा राष्ट्रिय खेल भलिबल दिवस मनाईदै । तस्बिर सौजन्य : निशान राई

काठमाडौं, जेठ ८ गते । नेपालको राष्ट्रिय खेल भलिबल दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम गरेर यस दिवस मनाईएको छ । नेपाल भलिबल संघले औपचारिक कार्यक्रम नगरेपनि भलिबलमा आवद्ध संघ संस्थाले  विभिन्न कार्यक्रम गरी भलिबल दिवस मनाएका हुन् । 

नेपाल सरकारले २०७४ साल जेठ ८  गते भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसैले जेठ ८ गतेलाई हरेक बर्ष भलिबल दिवसका रुपमा मनाईदै आएको छ । सोही अनुरुप आइतबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले पूराना खेलाडी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण खेल आयोजना गरी भलिबल दिवस मनाएको हो । यसैगरी नेपाली महिला भलिबल उत्पादन केन्द्रको छवि बनाएको न्यू डायन्ड स्पोर्ट्स क्लबले पनि क्लबमा कार्यक्रमगरी भलिबल दिवस मनाएको छ ।

जाउलाखेलमा आयोजित मैत्रीपूर्ण खेल सहितको कार्यक्रममा बोल्दै सघकी अध्यक्ष निरोज मास्केले सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपनि खेलको विकास र भौतिक पूर्वाधारमा प्रयाप्त लगानी नगरेको बताउनुभयो । उहाँले संघको तर्फबाट भईरहेका गतविधिले मात्र चाहेअनुसार भलिबल खेलको विकास गर्न कठिन रहेको बताउनुभयो ।

नेपालभर लोकप्रिय रहेको भलिबल खेलमा पछिल्लो समेग दक्षिण एििसयाली खेलकुद (साग) र एीसयाली स्तरमा समेत राम्रो नतिजा आईरहेको छ । नेपाली महिला भलिबल टोलीले पछिल्लो दुई संस्करण लगातार एसियन सेन्ट्रल जोन भलिबल उपाधि जितेर नेपाललाई अन्तर्राष्ट्रिय एरिनामा चिनाउने काम गरेको छ ।