• १ असार २०८१, शुक्रबार

१३औं दिनको पुण्य तिथिमा सन्जु प्रति श्रद्धाञ्जली

blog

स्वर्गीय सन्जु चौधरीको तस्बिरमा पुष्प गुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलगायत । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ ८ गते । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणकी स्वर्णधारी भारोत्तोलनकी स्वर्गीय सन्जु चौधरीको १३औं दिनको पुण्य तिथिमा आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा श्रद्धाञ्जली सभा आयोजना गरियो । सागको भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने स्वर्गीय सन्जु एक मात्र नेपाली महिला खेलाडी हुनुहुन्छ । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षणलगायतले स्वर्गीय सन्जुको तस्वीरमा फूलमाला, अविर र पुष्प गुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । बाँके निवासी सन्जुको गत वैशाख २७ गते २२ बर्षको उमेरमा निधन भएको थियो ।