• ७ जेठ २०८१, सोमबार

'पासो'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, जेठ ८ गते । बीआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको नेपाली चलचित्र 'पासो'को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा रिस्ता बस्नेत, सुनिषा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । 

सूर्य दयालुको सङ्गीत रहेको चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनले गर्नुभएको हो । उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ ।

चलचित्रको कार्यकारी निर्मातामा राजकुमार राउत हुनुहुन्छ । चलचित्र कार्तिकको २५ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।