केही दिन पानी नपर्दा अत्यधिक गर्मीले बाँकेसहित पश्चिमका तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ।
काठमाडौं, असार ३२ गते। गृहमन्त्री बालकृष्ण खाणले जङ्गली जनावर र नागरिकबीचको द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गर्नुभएको छ।गृहमन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको दूरी कम गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा टेलिफोनमा कुराकानी गर्नुभएको हो।झापामा जङ्गली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्बन्धित निकायका प्रमुखसँग कुराकानी गर्नुभएको हो। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २ र ३ मा जंगली जनावरले नागरिकलाई पटक-पटक आक्रमण गर्ने गरेका छन्। गत जेठमा बाघले पटकपटक आक्रमण गरेपछि मधुवन नगरपालिकाको वडा नम्बर २ ओराली बजारका स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा प्रहरीसँग झडप हुने अवस्था आएको थियो।त्यसपछि मधुवन नगरपालिका प्रमुख तेजबहादुर भाटसहित टोलीले काठमाडौँ आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर वन्यजन्तुको आक्रमणबाट रोक्न जंगल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो। त्यो तारबार कसरी र कुन निकायको मार्फत् गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बस्तोलाले जानकारी दिनुभयो।''जङ्गली जनावर र नागरिकबीचको दूरी बढाउन कसरी कुन निकायमार्फत अगाडि बढ्ने भन्ने विषयमा गृहमन्त्रीले टेलिफोनमा कुराकानी गर्नुभएको थियो। मैले वन मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्दा उपयुक्त हुने बताए,'' प्रजिअ बस्तोलाले भन्नुभयो। झापामा पछिल्लो एक महिनामा तीन जंगली हात्ती मृत फेला परेका छन्। दुई वयस्क र एक बच्चा हात्ती के कारणले मरे भन्ने निश्चित भएको छैन। प्रकृति संरक्षण कोषले हात्ती मृत भेटिएको कारण पत्ता लगाउन छानबिन समिति बनाएको छ।गृहमन्त्री खाणले वनसचिव कँडेलसँग पनि जंगली जनाबर बस्तीमा पस्न नदिन के के गरेर समस्या समाधान गर्न सकिन्छ भनेर छलफल गर्नुभएको हो।गृहमन्त्री खाणले झापाका प्रजिअ रिजालसँग त्यो घटना कसरी हुन गयो र यस्ता घटना हुन नदिन कसरी अगाडि बढ्नुपर्छ भनेर कुराकानी गर्नुभएको हो। त्यहाँ पनि नागरिक र वन्यजन्तुबीचको दूरी बढाउने र आक्रमणको अवस्था कम गर्दै समस्याको समाधान निकाल्ने तयारीमा सरकार लागिरहेको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले अहिले नामिबियाविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा खेलिन लागेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नामिबियाविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटिभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ।
सुदूरश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको सिस्टम एक दिन बन्द हुँदा ६५ करोड रुपियाँ भुक्तानी रोकिएको छ । असार २४ गते ‘सीएस सिस्टम’ बन्द भएपछि सुदूरपश्चिम प्रदेशका विकासे मन्त्रालयको भुक्तानी रोकिएको हो ।
धुर्कोट गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ । गाउँपालिकाले वडा ३ मा सञ्चालन गरेको शिविरबाट १६४ जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो ।
भारत भ्रमणमा रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दिल्लीमा भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। शुक्रबार दिल्ली पुग्नुभएका दाहालले उच्च राजनीतिक नेतासँगको भेटलाई तिव्रता दिनुभएको हो।
गुराँस गाउँपालिकामा कार्यरत करार कर्मचारीको करार सम्झौता नगर्ने विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । करार कर्मचारीले गरेको आन्दोलनले उग्र रुप लिएपछि कार्यालयमा तोडफोड भएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताउनुभएको छ ।
पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको श्रोत बनेको छ ।
मधेश प्रदेश सभाको बैठक शनिबार बस्दैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने गरी सूचना जारी गरिएको मधेश प्रदेशसभा सचिवालयले जनाएको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (शनिबार) नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा नेपाल नामाबियासँग अघिल्लो खेलमा हारेको बदला लिने दाउमा छ ।
जिल्लाको रिब्दीकोट–५, कुसुमखोलामा एक वृद्ध महिलाको शव फेला परेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । गत सोमबारदेखि जारी बैठक शुक्रबार संसदमा उपसभामुख निर्वाचनका कारण स्थगित भएको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले सानेपास्थित केन्द्रीय कार्यलयमा शनिबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो ।
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ । से ४ प ४९३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कैलारी गाउँपालिका–१ बस्ने २१ वर्षीय नैनबहादुर चौधरीको मृत्यु भएको हो ।