• २३ वैशाख २०८१, आइतबार

नेपाललाई नामिबियासँग बदला लिने मौका

blog

फाइन तस्बिर ।

काठमाडौं, असार ३२ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (शनिबार) नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा दिउँसो ३:५ बजे सुरु हुने खेलमा नेपाल नामाबियासँग अघिल्लो खेलमा हारेको बदला लिने दाउमा छ । 

यता नामिबिया नेपाललाई पुनः हराएर अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ । नेपाल पहिलो खेलमा नामाबियासँग ४० रनले पराजित भएको थियो । कमजोर ब्याटिङको सामना गरिरहेको नेपालले दोस्रो खेलमा भने घरेलु टोली स्कटल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । 

यस खेल जित्नुमा नेपालका बलरहरुको मुख्य योगदान रहेको थियो । नेपालले स्कटल्यान्डलाई पहिलो पटक हराएको हो । अहिले लिगमा १८ खेल सकेको नेपाल १७ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । १७ खेलबाट १६ अङ्क बनाएको नामिबिया छैटौं स्थानमा छ । नेपालले यस सिरिजको अन्तिम खेल स्कटल्यान्डसँग आइतबार खेल्नेछ । 

नेपालसहित ओमान, यूएई, स्कटल्यान्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।