• १९ असार २०८१, बुधबार

मधेश प्रदेशसभा बैठक बस्दै

blog

धीरेन्द्रप्रसाद साह
जनकपुर, असार ३२ गते ।
मधेश प्रदेश सभाको बैठक शनिबार बस्दैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने गरी सूचना जारी गरिएको मधेश प्रदेशसभा सचिवालयले जनाएको छ । तर, आज बस्ने बैठकको कार्यसूची सार्वजनिक भएको छैन ।

सांसद विदेश्वरप्रसाद यादवका अनुसार आज बस्ने बैठकमा प्रदेशअन्तर्गत सम्पन्न विभिन्न योजनाहरुको भुक्तानी रोक्का भएको र भुक्तानीका लागि आवश्यक कदम चाल्ने विषयमा केन्द्रित भई निर्णय गरिनेछ । तर, बैठकलाई आन्तरिक रुपमा विशेष भनिए पनि सूचनामा त्यस्तो उल्लेख गरिएको छैन ।

यसअघि गत आइतबार बसेको बैठकले आर्थिक विधेयक पारित गर्दै स्थगित भएको थियो ।