धनुषाको मिथिला नगरपालिका –९, बडहरीमा रहेको सार्वजनिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीले कृषि विज्ञान प्रदर्शनीको आयोजना गर्नुभएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा कृषि प्राविधिकतर्फका विद्यार्थीले सो प्रदर्शनीको आयोजना गर्नुभएको हो ।
विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिएको छ ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रादेशिक निर्वाचनमा जुट्न पार्टी कार्यकर्तालाई आव्हान गर्नुभएको छ । समाजवादीको शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो आव्हान गर्नुभएको हो ।
सर्वोच्च अदालतले अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयको सीसीटिभी डाटाबारे अन्तरिक आदेश जारी गरिरहन नपर्ने बताएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार देशभर २४ घण्टामा २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रतिनिधिसभा बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने प्रतिबद्धता गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र र महाराजगञ्जस्थित नेसनल प्याथ ल्यावको निरीक्षण गर्नुभएको छ ।
प्रतितिनिधिसभाको उपसभामुखको निर्वाचनको तयारी पूरा भएको छ।
प्रतितिनिधिसभाको दोस्रो बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर २००९.४७ बिन्दुमा पुगेको हो ।
नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णकुमारी सुवेदीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ मा राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको प्रावधानहरु हटाएको प्रति आपत्ति जनाउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उहाँहरुबीच शिष्टाचार भेट भएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताउनुभएको छ ।