काठमाडौं, असार ३१ गते । प्रतितिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ। दिउँसो ३ बजेबाट सुरु भएको बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको हो।
उपसभामुखका लागि नेपाली कांग्रेस नेत्री पुष्पा भुसाल (गौतम) र नेकपा (एमाले) नेत्री विद्या भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ।
एमाले नेत्री भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोख्रेल हुनुहुन्छ।
कांग्रेस नेत्री भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुभएपछि करिब तीन वर्षदेखि उक्त पद रिक्त छ।