काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय अपाङ कोष र समाज कल्याण परिषद्ले सामान भण्डारण गरेको गोदाममा आगलागी हुँदा पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
काठमाडौं, असार ३० गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टर परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिलाई तत्काल कारबाही गर्नुको विकल्प नभएको बताउनुभएको छ।बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टर परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफलमा बोल्नुहुँदै उहाँले यो गम्भीर अपराध भएकाले कारबाही गर्नुपर्ने बताउनुभएको हो। परीक्षाका लागि तयार भएका प्रश्नपत्रमा लापरबाही हुनु राम्रो नभएको भन्दै यसमा संलग्न सबैलाई तत्काल कारबाही गर्ने बताउनुभएको हो। त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेकोसमेत उहाँको भनाइ छ। उहाँले विश्वविद्यालय उच्च शिक्षा अध्ययन गर्ने ८० प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने भएकाले पनि प्रश्न उठ्ने गरेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘संसदमा सांसदले उठाउनुभएका प्रश्नमा हामी गम्भीर भएर छलफल गरिरहेका छौं। त्रिभुवन विश्वविद्यालय ठूलो भएकाले प्रश्न उठ्छ। अरु विषयमा पदाधिकारीसँग छलफल गर्दा हुन्छ। अहिले प्रश्नपत्रको विषय राख्नुभएको छ। को-को संलग्न छन्। कानुन अनुसार प्रश्नपत्र बाहिर ल्याउनेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन। यो गर्नु गम्भीर अपराध हो। तत्काल कारबाही हुन्छ।’‘त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको हुँदैन’त्यस्तै, सांसद तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको नहुने बताउनुभयो। उहाँले अब उच्च शिक्षा बदल्नको लागि त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नु आवश्यक भएको बताउनुभयो। पोखरेलले विश्वविद्यालयमा धेरै काम सेटिङमा हुने भन्दै प्रश्नपत्र बाहिर आउनु एउटा सानो सेटिङ मात्रै भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो,‘‘त्रिभुवन विश्वविद्यालयका समस्या अलिअलि औषधि दिएर हल हुने अवस्थामा छैनन्। विश्वविद्यालयलाई सुधार गर्नका लागि पुनःसंरचनाको आवश्यकता छ। यहाँ धेरै सेटिङ हुन्छन्। यो सानो सेटिङ मात्रै बाहिर आएको हो।’’‘व्यवस्थापनको कमजोरी सुधार हुनुपर्छ’नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले त्रिभुवन विश्व विद्यालयमा व्यवस्थापनबाट भएका कमजोरी तत्काल सुधार गर्नुपर्ने बताउनुभयो। उहाँले नेपालको सबैभन्दा ठूलो विश्व विद्यालयको विषयमा शिक्षा समितिमा पहिलो पटक त्यो पनि परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छलफल हुनु राम्रो नभएको बताउनुभयो।त्यस्तै, समिति बैठकमा त्रिभुवन विश्व विद्यालयमा उपकुलपति डा. धर्मकान्त बास्कोटाले स्नातकोत्तर तहको पहिलो सेमेस्टर राजनीति शास्त्रको प्रश्नपत्र बाहिर आएको स्वीकार गर्नुभयो। उहाँले त्यो भन्दा अगाडि सोही तहको प्रश्नपत्र बाहिर आएको छानबिन हुँदा अर्को घटना दोहोरिएको बताउनुभयो। उपकुलपति बास्कोटाले प्रश्नपत्र बाहिर आएको विषयमा छानबिन गर्दा सत्यता रहेको पाइएको बताउनुभयो। उहाँले छानबिन समितिले प्रश्नपत्र बाहिर ल्याउन संलग्नलाई कारबाही गर्ने निर्णय गरेको जानकारीसमेत गराउनुभएको छ। उपकुलपति बास्कोटाले विभिन्न घटनाबाट पाठ सिकेर अब प्रश्नपत्र बनाउने कार्यमा कठोर बन्ने निर्णय भइसकेको बताउनुभयो। उहाँले अब प्रश्नपत्र बनाउन जो सहभागी हुन्छ उसलाई तीन वर्षसम्म पठनपाठन र परीक्षामा सहभागी नगराउने निर्णय भएको बताउनुभयो।
विराटनगर महानगरपालिका–३ स्थित ईश्वर बाँस्कोटाद्वारा सञ्चालित नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो भएको आगलागी भएको छ।
एसिया महादीपमै नरहेको कालो प्रजातिको गिद्ध नेपालमा देखिएको छ । नवलपरासीमा रहेको कावासोती गिद्ध रेष्टुरेन्टमा सो गिद्ध भेटिएको हो । कालो गिद्धलाई नयाँ गद्धको रुपमा चिनिन्छ । गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार कालोप्रजातिको गिद्धले सुघँेर सिनो पत्ता लगाउने गर्छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्बन्धमा छलफल भएको छ।
नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता अस्वीकार गरेको पत्र तत्काल अमेरिकालाई लेख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम र खाद्य संस्थान निजी क्षेत्रलाई जिम्मा लगाउन नहुने बताउनुभएको छ । प्रेस युनियन तनहुँले बिहीबार दमौलीमा गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभयो ।
काठमाडौं, असार ३० गते । गायक सुधन गैरे र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘अम्रिका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायक गैरेको युट्युब च्यानल ‘एसजी मेलोडी’मार्फत् सार्वजनिक भएको हो । यस गीतमा शब्द दिग्गज धौरालीको र सङ्गीत सुवास भुषालको रहेको छ । गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गर्नुभएको हो । प्रेमिल शैलीको यस गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको प्रेम र रोमान्स मिश्रित अभिनय छ । पवन सुस्लिङले छायाङ्कन गर्नुभएको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको हो । गम्भीर विष्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएको छ । यसअघि गायक गैरेको स्वरमा रहेको ‘उडी जाने जेट’, ‘माया किन मोडियो’, ‘सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएका छन् ।यो म्युजिक भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा स्वतन्त्र व्यक्ति कोही नभएको बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा उहाँले त्यस्तो बताउनुभयो ।
काठमाडौं, असार ३० गते । प्रज्ञा फिल्मस्काे ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ । टेलिचलचित्रमा जातीय भेदभावको कथावस्तुलाई समेटिएको छ । यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो । साँचो प्रेम गर्नेहरुका लागी जातभातले रोक्नुहुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मूल सन्देश दिन खोजिएको माया टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले बताउनुभयो ।टेलिचलचित्रमा प्रज्ञा जोशी, रश्मि भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रिया वाइबालगायतका कलाकारको अभिनय छ । प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको टेलिचलचित्र मायाको छायाङ्कन तथा सम्पादन जोन चाम्लिङ राइ शृङ्गार प्रिया नगरकोटी र पोष्ट प्रोडक्सन सिनेमा हबको छ ।
काठमाडौं, असार ३० गते । गीतकार प्रेमप्रसाद राजभण्डारीको 'चटपटे भटभटे' म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा सजिएको यो गीतलाई गोल्डेन क्रियसन प्रालिले बजारमा ल्याएको हो ।गीतमा चर्चित गायिका रचना रिमाल र चर्चित युद्धमोर्चाका छापामार गायक मोहित श्रेष्ठको सुमधुर स्वर रहेको छ । यस गीतको भिडियोमा अञ्जली अधिकारी र उमेश राईले अभिनय गर्नुभएको छ । सुप्रसिद्ध म्युजिक भिडियो सम्पादक प्रकाश धमला ‘भान्जा’ ले सम्पादन गर्नुभएको यो म्युजिक भिडियोमा सिनेमेटोग्राफी सुरेश श्रेष्ठको रहेको छ । गुरु आमा फिल्मको पोस्ट प्रोडक्सनमा सार्वजनिक यस भिडियोमा निर्देशन स्मृति तिमिल्सिना ‘गुरु आमा’ को दमदार प्रस्तुती देख्न सकिन्छ ।लामो समय अमेरिकामा बस्दै आउनुभएका दाङ जिल्ला निवासी प्रेम राजभण्डारीले यस पटक दर्शक श्रोता माझ नयाँपनमा ‘चटपटे भटभटे’ गीतको भिडियो सार्वजनिक गर्नुभएको हो । गीतकार राजभण्डारीले यस अघि ‘फूलझैँ जीवन’ एल्बम सार्वजनिक गर्नुभएको छ । यो म्युजिक भिडियो ‘चटपटे भटभटे’ गीतकार राजभण्डारीको दोस्रो एल्बम ‘फूलको थुँगा’ बाट लिइएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. विमला राई (पौडेल)ले सभामुख अग्निप्रसाद सापकोटाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
काठमाडौं, असार ३० गते । बलिउड अभिनेत्री जाह्नवी कपुरको फिल्म 'गुड लक जेरी'को ट्रेलर सार्वजनिक गरिएको छ । 'डिज्नीप्लस हटस्टार'को निर्माणमा बनेको यो फिल्म अ कलर याल्लो प्रोडक्सन र लाइका प्रोडक्सनले महावीर जैन फिल्म्ससँगको सहकार्यमा बनेको हो । फिल्ममा दिपक डोब्रियल, मिता बसिष्ट, निरज सुद र सुशान्त सिंहको पनि मुख्य भूमिका रहेको छ । सिद्धार्थ सेनको निर्देशन रहेको फिल्म हाँस्य व्यंग्यात्मक कथामा आधारित छ । फिल्म २९ जुलाईमा डिज्नीप्लस हटस्टारमा रिलिज हुने बताइएको छ ।
राष्ट्रिय सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिय सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ । सांसद गौतमले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराउनुभयो ।
जिल्लाका अधिकांश क्षेत्रमा बनाइएका र बनाउन थालिएका जलाशयहरु वन जङ्गल क्षेत्रमा छन् । दाङ उपत्यकाको उत्तरी क्षेत्रमा बनाइएका त्यस्ता जलाशयबाट पानी सञ्चय मात्रै नभई जङ्गलमा रहेका पशुपंक्षीलाई पानी र कृषकलाई सिंचाई सुविधा हुँदैआएको छ ।