२०५६ सालमा महोत्तरी जिल्लाको प्रशासकीय पगरी सम्हाल्ने मौका पाएको थिएँ । त्यतिबेर आसन्न निर्वाचन सम्पन्न गराउनुपर्ने प्रमुख पदीय दायित्व थियो । पहाडमा थुप्रै चुनाव गराए पनि त्यस जिल्लामा भर्खर खटिएका हामी सबै सुरक्षा प्रमुखलाई तराईको अनुभव थिएन । त्यसैले हाम्रासामु चुनौतीका चाङहरू महाभारत पहाड बनेर ठडिएका रहेछन् । सरुवा भएर जानेबित्तिकै स्थानीय शिक्षक, व्यापारी, नेता, सन्तमहन्त र भद्रभलाद्मीसँग कुराकानी गर्दा पो चुनाव सम्पन्न गराउने काम चानचुने होइन भन्ने थाहा भयो । अनि त चुनावमै केन्द्रित भएर बारम्बार बैठक बस्न थाल्यौँ ।
यो वर्षको मिस एसईई स्टारको चौथो संस्करणको उपाधि रितिका शाहले पाउन सफल हुनुभएको छ । भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजनामा सम्पन्न ग्रान्ड फिनालेमा शाह एसईई स्टारको ताज पहिरिन सफल हुनुभएको हो ।
केदारेश्वर महादेवमणि बोलबम धाम बैदामले बोलबम पदयात्रासहित जलार्पण कार्यक्रम गर्न लागेको छ । बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुने गरेको छ । २०
बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि कार्यालय भवनको खोजी हुन थालेको छ । खजुरा गाउँपालिका–८ मा विश्वविद्यालय निर्माणका लागि जग्गासमेत छुट्याइएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले विश्वविद्यालय सञ्चालनका लागि तत्काल पुरानो भवनमा केन्द्रीय कार्यालय राखेर काम अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
अध्ययन, अध्ययनपछि आकर्षक तलबसहितको काम तथा उच्च जीवनस्तरको लालशाले विदेश जाने नेपाली दिन प्रतिदिन बढ्दैछन् । नेपालीका लागि विदेश जानु भनेको एउटा ‘संस्कार’ नै बनिसक्यो भन्दा फरक पर्दैन । अमेरिका, अस्ट्रेलिया, युरोपेली देश तथा खाडीलगायत मुलुकमा धेरै नेपाली जाने गरेका छन् । यसरी जानेहरू कोही उतै पलायन हुन्छन् भने कोही स्वदेश फर्कन्छन् । अमेरिका, अस्ट्रेलिया र युरोपेली देश जानेमध्ये धेरै उतै बस्छन् भने अन्य मुलुकमा जानेहरू स्वदेश फर्कन्छन् । विशेषगरी काम र अध्ययनका लागि नेपाली विदशे जाने गर्छन् । यसरी विदेश जानेमा नेपाली खेलाडी पनि पर्छन् । नेपालमा खेलेर के नै हुन्छ र ! भन्ने नकारात्मक सोच र असन्तुष्टिले नेपाली खेलाडी विदेश पलायन हुने गरेका छन् ।
काठमाडौको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ । हिन्दुधर्मका यी महत्वपूर्ण चार धाममध्येको छायाँनाथ भने अरुभन्दा ओझेल परेको छ । नेपालकै दुर्गम मुगु जिल्ला त्यस माथिपनि मुगुको पनि दुर्गम क्षेत्रमा अवस्थित छ छायाँनाथ ।
दिनभरि खेतमा पाकेको मकै रुँग्दा थकित भएका इलामका किसान बाँदर धपाउने उपकरण निर्माण गरेर प्रयोगमा ल्याउन थालेका छन् । इलाम नगरपालिका–५ मा बाँदर धपाउन नयाँ प्रविधि सफल भएपछि अन्य वडाका किसानले पनि सोही प्रविधि निर्माण र प्रयोग गर्न थालेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई सूक्ष्म तरिकाले बुझेर समाधान गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा मन्त्री कुँवरले सो कुरा बताउनुभएको हो ।
नेपालको महिला राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा शुक्रबार अन्तर्राष्ट्रिय खेलकुद सामग्री तथा पोसाक कम्पनी लिनिङको सद्भावना दूतमा नियुक्त हुनुभएको छ । पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडबाट व्यावसायिक फुटबल खेलिसकेकी एन्जिला र लिनिङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड लिङ्क कम्पनी प्रालिका सीईओ राजन महर्जनबीच शुक्रबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एन्जिला दुई वर्षका लागि लिनिङको सद्भावना दूत बन्नुभएको हो ।
कर्णाली प्रदेश सभाबाट दुईवटा विधेयक पारित भएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकले प्रदेश कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सहकारी ऐन–२०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
नेपाल–चीन सिमानासम्बन्धी परामर्श संयन्त्रको बैठकमा दुई देशको सीमा व्यवस्थापनसँगै व्यापार मार्ग सञ्चालन गर्ने सहमति भएको छ । बैठकमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी आदानप्रदान गर्नुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गुल्मीमा सडक बालबालिकाहरुको अध्ययन गर्न कार्यदल गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा समन्वय प्रमुख द्रोणबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले सडक बालबालिकाहरुको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
गोरखापत्र नेपाली पत्रकारिताको ऐतिहासिक धरोहर मानिन्छ । युगको हिसाबले गोरखापत्र सवा एक शताब्दीभन्दा बढी समय नाघिसकेको छ । त्यसैले त पत्रकारिताको अनौपचारिक खुला विश्वविद्यालयको रूपमा दरिन पुगेको छ । यो गोरखापत्रकर्मी मात्र होइन पाठकका निम्ति गर्वको विषय हो ।
व्रत, पूजा, उपवास, तीर्थ, जप आदि जुनसुकै काम गर्नुभन्दा पहिले सङ्कल्प गर्नुपर्छ । बिना सङ्कल्पको कामको फल आधा मात्र प्राप्त हुन्छ । कुनै पनि शुभ कर्म अगाडि प्रतिज्ञा सङ्कल्प आवश्यक हुन्छ । सङ्कल्प गर्दा तिथि, बार, नक्षत्र, पक्ष, योग, करण, सूर्य, चन्द्र, बृहस्पति, शुक्र ग्रहहरूको स्थिति, नाम, महिना, ऋतु र क