• १३ साउन २०८१, आइतबार

पाल्पामा वृद्ध महिला मृत फेला

blog

फाइल तस्बिर

रेखीराम राना
पाल्पा, असार ३२ गते ।
जिल्लाको रिब्दीकोट–५, कुसुमखोलामा एक वृद्ध महिलाको शव फेला परेको छ ।

हर्रेखरक सामुदायिक वनको जङ्गलमा शुक्रबार साँझ ७८ वर्षकी हुमकुमारी आले मृत अवस्थामा फेला पर्नुभएको हो ।

शुक्रबार बिहान १० बजेतिर दाउरा लिन जङ्गल जानुभएको आले साँझसम्म घर नआएपछि खोजी गर्ने क्रममा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले महिलाको निधारमा चोट देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

आलेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ । उहाँको  हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।