• ६ कात्तिक २०८१, मङ्गलबार

नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल

blog

फाइल तस्बिर ।

काठमाडौं, असार ३२ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले अहिले नामिबियाविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा खेलिन लागेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नामिबियाविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । 

आज करण केसीलाई बाहिरि राखिएको छ । उहाँको सथमना पवन सर्राफ टोलीमा पर्नुभएको छ । नेपाल यस खेलमा नामिबियासँग अघिल्लो खेलमा हारेको बदला लिने दाउमा छ । यता नामिबिया नेपाललाई पुनः हराएर अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ । 

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । कमजोर ब्याटिङको सामना गरिरहेको नेपालले दोस्रो खेलमा भने घरेलु टोली स्कटल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । 

स्कटल्यान्डलाई हराउन नेपालका बलरहरुको मुख्य योगदान थियो । नेपालले स्कटल्यान्डलाई पहिलो पटक हराएको हो । अहिले लिगमा १८ खेल सकेको नेपाल १७ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । १७ खेलबाट १६ अङ्क बनाएको नामिबिया छैटौं स्थानमा छ । नेपालले यस सिरिजको अन्तिम खेल स्कटल्यान्डसँग आइतबार खेल्नेछ ।