भारतको भुवनेश्वरमा जुलाई २५ देखि आयोजना हुन लागेको यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) २३ सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरिएको छ । टोलीका प्रशिक्षक मेघराज केसीले सोमबार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम २३ जना खेलाडीको नाम घोषणा गर्नुभएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको छ । सिंहदरबारमा पत्रकारसँगको भेटघाटमा उहाँले वर्तमान प्रतिनिधि सभाको कार्यकाल प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको हो ।
काठमाडौंमा थप एकजनामा हैजा पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा थप एकजनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ३१ पुगेको छ ।
भारतीय ब्यवसायिक गल्फ टुर (पीजीटीआई) मा भाग लिईरहनु भएका नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईलाई गल्फ खेलमा आवद्ध ब्यक्तित्वहरुले आर्थिक सहयोग गरेका छन् । शुक्रलाई सोमबार एक कार्यक्रमबीच आठ लाख ५० हजार रुपियाँ सहयोग प्रदान गरिएको हो ।
नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पोखरेलले राजीनामा पत्र बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।
गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार बिकास कार्यालयमार्फत जिल्लामा झण्डै २७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । कार्यालयले अहिलेसम्म कुल २६.५ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
कृषि, शिक्षा, अनुसन्धान र प्रसारणमा गत वर्षभन्दा सरकारले बढी लगानी गर्ने संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बताउनुभएको छ । गृहजिल्ला सप्तरीमा मधेस प्रदेश सरकारद्वारा स्थापना गरिएको मधेश कृषि विश्व विद्यालयलाई सोमबार अवलोकन गर्नेक्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक साताको दोस्रो दिन दोहोरो अङ्कले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो दिन झिनो अङ्कले बढेको नेप्से परिसूचक सोमवार १८.०३ अङ्कले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।
जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता गएको पाइएको छ । सिमकोट गाउँपालिका –४ को उच्च जोखिममा रहेको स्याम्ने गाउँको बस्ती बिस्तारका लागि आएको बजेट फिर्ता गएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो ।
पछिल्लो करिब एक महिनादेखि परेको खडेरीले पश्चिम नवलपरासीका धान खेतहरुमा धाँजा फाटन थालेपछि किसानहरु चिन्तित भएका छन । मल अभावको मार झेल्दै खेतमा रोपाई सकेका केही किसानलाई करिब एक महिनादेखि परेको खडेरीले धान खेतमा धाँजा फाटन थालेपछि उत्पादन घटने चिन्ताले किसान चिन्तित बनेका हुन् ।
एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वी चोक बस्ने १९ वर्षीय नरेश पुन मगर रहेका छन् ।